अख्तियार प्रमुख नवीन घिमिरे र प्रधानमन्त्रीबीच भेट



प्रधानमन्त्री केपी शर्मा ओली र अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख नवीनकुमार घिमिरेबीच सोमबार भेट भएको छ।

 

नेकपाको सचिवालय बैठक चलिरहेका बेला अख्तियार प्रमुख घिमिरे सोमबार बिहान बालुवाटार पुगेका थिए। अख्तियार प्रमुख आएपछि प्रधानमन्त्री ओली सचिवालय बैठक रोकेर उनीसँग भेट गरिरहेको स्रोतले जानकारी दियो। अख्तियार प्रमुखमा नियुक्त भएपछि घिमिरले पहिलो पटक प्रधानमन्त्रीलाई भेटेका हुन्।

 

भेटका भएको कुराकानीबारे खुलाइएको छैन।

प्रतिक्रिया दिनुहोस्