१९ अर्ब डलर छाडेर अस्ताए फिलिपिन्सका सबैभन्दा धनी हेनरी



मनिला : फिलिपिन्सको सर्वाधिक धनी व्यक्ति मानिने हेनरी सीको ९४ बर्षको उमेरमा शनिबार निधन भएको छ । चीनबाट बसाइँ सरेर फिलिपिन्स आएका सीलाई फिलिपिन्समा वरिष्ठ उद्यमीका रुपमा सम्मान गरिन्थ्यो । 

चीनमा उनको घर सिमेन सहरमा थियो । उनले फिलिपिन्समा सपिङ मल खोलेका थिए। साे मल विश्वकै ठूला सपिङ मलअन्तर्गत पर्छ । 

गत शुक्रबारसम्ममा उनकाे सम्पत्ति १९ अर्ब अमेरिकी डलर रहेको जनाइएको छ । यो सम्पत्तिका आधारमा उनी गत वर्ष विश्वकै ५२औ धनी बनेका थिए ।

उनी मनिला पहिलो पटक सन् १९५६ मा गएका थिए। त्यसपछि उनकाे व्यापार व्यापक रुपमा फैलियो । काम गर्नका लागि युवा अवस्थामा फिलिपिन्स छिरेका सीले जीवनमा धेरै उतार चढाव भाेगेका थिए ।

दोस्रो विश्वयुद्ध चलिरहेका बेला पसल पूरै ध्वस्त भएपछि उनका बुबा चीन फर्किए पनि उनी भने फिलिपिन्समै बसेका थिए । सामान्य जुत्ता पसलबाट सुरु गरेको उनको व्यापार पछि विस्तार भएर 'सुजमार्ट' बनेको छ ।

प्रतिक्रिया दिनुहोस्