प्रहरीको भ्यानलाई ट्रकले ठक्कर दिँदा ४ जना असई घाइते



रौतहट : पूर्व–पश्चिम राजमार्ग सडकखण्ड अन्तर्गत पर्ने रौतहटको चन्द्रनिगाहपुरस्थित लमहा जंगलमा प्रहरीको भ्यानलाई ट्रकले ठक्कर दिँदा ६ जना घाइते भएका छन् ।

घाइते हुने ४ जना नेपाल प्रहरीका असई समेत छन् । आज (आइतबार) बाराको पथलैयामा नेपाल प्रहरीका संगठन प्रमुख आइजिपी ठाकुर प्रसाद ज्ञावालीको ब्रिफिङ् कार्यक्रममा सहभागी हुनको लागि जिल्ला प्रहरी कार्यालय रौतहटबाट पथलैयातर्फ जाँदै गरेको अवस्थामा करिब ६ बजे बिहान नेपाल प्रहरीको ना १ झ १३३१ नम्बरको भ्यानलाई बिपरित दिशाबाट आउदै गरेको ना६ख ८६२५ नम्बरको ट्रकले ठक्कर दिएको हो ।

आइजिपी ज्ञावालीको ब्रिफिङको लागि सीमा प्रहरी चौकी मठियामा कार्यरत असइ गोबिन्द यादव, गौर बसपार्कमा कार्यरत असइ मनोज सिह, औरैयामा कार्यरत असइ बिश्वनाथ प्रसाद यादव, बेलबिछवामा कार्यरत असइ हृदय प्रसाद यादव र भ्यान चालक जवान सरोज यादव घाइते भएका छन् ।

घाइतेमध्ये असइ गोबिन्द र मनोजको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

घाइतेहरुको उपचार चन्दनिगाहपुर अस्पतालमा भैरहेको र भ्यानलाइ ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणम रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्