प्रधानमन्त्रीलाई जन्म दिनको शुभकामना !!



सुनिता बराल

प्रधानमन्त्रीज्युलाई जन्म दिनको शुभकामना !!
दूराचारी र भ्रष्टचारीका विरुद्ध स्फटिक बन्न आग्रह

सम्मानानीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यू,
६९औँ जन्मोत्सबको शुभकामना दिन पाउदा हर्षित छु ।

अनेक उतार चढाब र बदलाबका बीच स्थापित गणतन्त्र नेपालको अत्यधिक मतले बिजयी पार्टीको नेतृत्व गर्दै मुलुकको नेतृत्व गरिरहनु भएको ब्यक्तीलाई शुभकामना दिन पाउनु आफैमा गर्वको कुरा हो । र, हाम्रो पुष्ता को यो हकका लागी तपाईले झाण्डै डेढ दशक जेल जिवन बिताउनुभयो, त्यसकोलागी मेरो पुस्ता तपाई प्रती कृतज्ञ छ, र, रही रहने छ ।

म एक छोरी भएर देशै भरीका स्कुले छोरीको प्रतिनिधित्व गर्दै धन्यबाद दिन चाहन्छु ।

किन भने केही वर्ष अगाडिसम्म हामीले महिनावारीलाई धर्मसँग जोडेर विभिन्न बहानामा दुःख पायौं । कष्टकर जीवन बितायौं । महिनावारी हुनु भनेको पाप हो भनेर समाजले विभेद गर्यो ।

समाजले सिर्जना गरेको कथित पाप पखाल्न अनेक दुःख र कष्ट सहनुपर्यो । महिनावारी हुँदा खुसीले हुनुपर्ने छोरीको अनुहार, पीडाले छोपिएको हुन्छ । कति किशोरी विद्यालय जान नसकेर घरमै लुकेर बस्न बाध्य थिए । तपाईं नेतृत्वले कमसेकम स्यानेटरी प्याड नपाएर विद्यालयबाट कक्षा छोडेर अब घर फर्किनु पर्दैन । तमाम किशोरिहरुको तर्फवाट हार्दिक धन्यबाद छ ।

सरकार सञ्चालनको २ वर्ष पूरा भएको सन्दर्भमा
तपाईले प्रतिनिधि सभामा गर्नुभएको सम्बोधन सुन्ने अर्को सन्दर्भ परेको थियो ।
बिगतका मौसमी सरकारहरुले देशको अर्थ तन्त्र, दिगो विकासभन्दा लोक रिझ्याई र आफ्ना कार्यकर्ता पाल्ने कार्यक्रमका पुलिन्दा पेश गर्दै गरेको देखे सुनेको अवस्थामा तपाईको सम्बोधनले मुलुक विकासको बाटोमा गुडी रहेको प्रष्ट भयो । केहि सडक पुल बन्दै गरेको मात्रै देखेको थिएन मैले, मुलुक भिन्नै रफ्तारमा अघी बढेको प्रष्टै भयो ।

सम्मानानीय प्रधानमन्त्री ज्यू,

गत चुनावताका भनिएको थियो, नेपाल लाई ‘डबल डिजिट एकोनोमि’ पुर्‍याउने र अल्पविकशित मुलुकको ‘ट्याग हटाउँदै विकशित मुलुक’को समुहमा नेपाललाई प्रबेश गराइने छ ।
सोही घोषणालाई स्वीकार गर्दै नेपाली जनाताले दुई तिहाई मतसहित तपाईंलाई मुलुकको नेतृत्वमा पुर्‍याएक थिए । जुन कुरा पूरा गर्न तपाईंको सम्बोधनले प्रस्तुता गरेका तथ्याङ्क निक्कै सबल र सार्थक छन् ।

मैले देखेको र पढेको सही नै हो । र त्यस्ले भन्छ हाम्रो देश अहिले उच्च आर्थिक वृद्धिदर हासिल गरिरेहका विश्वका १० प्रमुख मुलुकहरुको पंक्तिमा समावेश भएको छ । गणतन्त्र स्थापना पछिको एक दशकसम्म आर्थिक वृद्धिदर ४ प्रतिशत मात्र थियो, सबैलाई थाहै छ । कुनै वर्ष हाम्रो आर्थिक वृद्धिदर ०.७४ प्रतिशत मात्रै पनि थियो । अहिले ३ वर्षयता लगातार ६.५ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि रहेको छ । गत वर्ष ७.१ प्रतिशतको आर्थिक वृद्धि थियो । विगत ३ वर्षदेखि कुनैपनि प्रदेशमा आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा न्यून छैन । यो २ वर्षमा प्रतिव्यक्ति कूल राष्ट्रिय आम्दानी १८ प्रतिशतभन्दा माथि बढेको छ ।

विगत २० वर्षमा हाम्रो औसत आर्थिक वृद्धिदर ४ प्रतिशतको हाराहारीमा थियो । आर्थिक वृद्धिदरमा आएको सुधारसँगै प्रत्येक वर्ष गरिबीको रेखामुनी रहने प्रतिशत, जनसंख्याको १.५ बिन्दुले घटेको छ । आर्थिक वर्ष २०४७ सालतिर निरपेक्ष गरिबीको रेखामुनी रहनेको संख्या, कूल जनसंख्याको ४२ प्रतिशत थियो । तपाईंले भन्नुभएको छ ‘करिब ८० लाख जनसंख्या गरिबीको रेखामुनी थिए । आर्थिक वर्ष २०७६ को अन्त्यतिर जनसंख्याको १६.५ प्रतिशत अर्थात करिब ४८ लाख गरिबीको रेखामुनी रहने अनुमान छ । अब हामी गरिबी निवारण मात्रै होइन्, उन्मूलन नै गर्नेगरी अघि बढ्छौं ।’

यही आशा र भरोसामा नेपाली जनाता बसेका छन् र साथ दिँदै आएका छन् ।

सम्मानानीयको उक्त सम्बोधनले एउटा बर्बाद गरिएको नेपालीको समय को याद दिलायो । कुनै समय वर्षभरिमा १० किलोमिटर मात्र सडक कालोपत्रे भएको अवस्थासमेत रहेछ । यो सरकार गठन भएपछि प्रतिदिन करिब ५.७ किलोमिटरका दरले कालोपत्रे सडक निर्माण भइरहेको छ । सरकार गठन भएको यो अवधिमा ३ हजार ६ सय ३६ किलोमिटर सडक कालोपत्रे भएको सुन्दा निक्कै खुशी लागेको छ । ३ हजार ५ सय ७९ किलोमिटर ग्राभेलस्तरको सडक निर्माण भएको छ । वितेका दुई वर्षमा मात्रै ३ सय २५ वटा सडक पुल निर्माण भएका छन् । चालू आर्थिक वर्षको ५ महिनामा मात्रै ४१ वटा सडक पुल निर्माण भएका रहेछन् ।

सरकार गठन भएको यो अवधिमा ३ हजार ६ सय ३६ किलोमिटर सडक कालोपत्रे भएको सुन्दा निक्कै खुशी लागेको छ । ३ हजार ५ सय ७९ किलोमिटर ग्राभेलस्तरको सडक निर्माण भएको छ । वितेका दुई वर्षमा मात्रै ३ सय २५ वटा सडक पुल निर्माण भएका छन् । चालू आर्थिक वर्षको ५ महिनामा मात्रै ४१ वटा सडक पुल निर्माण भएका रहेछन् । यसले के बताउँछ भने बिगतका कारीब ३० वर्षा सत्त र शक्ती प्राप्तिको लागी खर्चीएछन् । जनाता र मुलुकलाई केन्द्र विन्दूमा राख्ने नेता मुलुकले छान्न न सक्दको परिणाम मुलुक धेरैपछि परेछ या पारिएको रहेछ ।

हामी सानैदेखी घोक्दै आयौ जलस्रोतको धनी देश नेपाल ।

दक्षिण एशियामा विजुली उत्पदन गर्ने पहिलो मुलुक हुँदाहुँदै झण्डै सय वर्षसम्म बिजुलीको हाम्रो कूल उत्पादन ५०० मेगावाटभन्दा तलै सीमित थियो । केही समय अघिसम्म हामी दिनको १८ घण्टासम्म लोडसेडिङ भोग्न बाध्य थियौं । अहिले विद्युतको कूल जडित क्षमता १ हजार २८६.६१ मेगावाट पुगेको रहेछ । यससँगै लोडसेडिङ्गको पूर्ण अन्त्य गर्दै छिमेकी भारतलाई विद्युत बिक्रीसमेत गर्न थालिएको कुरा आफै मा गौरवान्वित गराउने खालको छ । निकट भविष्यमा नेपाली बिजुली भारत हुँदै तेस्रो मुलुकतिर निर्यात गर्न आधार तयार भएको छ । बिजुलीको पर्याप्त उपलब्धता भएसँगै एउटा युगमा नै परिवर्तन आएको छ, जुन अध्यारो थियो कालो थियो । हौसला लाग्ने अर्को तथ्या ८८ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको सुन्दा तपाईंको शासन मुनी बस्ने हामी तपाईका हरेक काममा साथ दिन तयार हुनै पर्ने उत्साह थपिएको छ ।

३० वर्षदेखी लगाउदै आईएको बिद्युत बेच्ने नाराले बल्ल आएर दियालोदियो हुँदै मट्टितेलको प्रयोगबाट बल्ने बत्तीको युग अब सदाका लागि अन्त्य नै गर्ने भएको छ ।

ईतिहास साक्षी छ, हिजो का दिन मा मानिस ज्युदै जलाउनेहरु निस्फिक्री घुम्दै थिए ।
देश लुटेको देखेका भोगेका थिए । सदाचार केवल किताबका पानामा भेटिन्थे ।
यसै क्रममा सम्मानानी प्रधानमन्त्री ज्यूले भन्नुभएको थियो
‘म आफू भ्रष्टाचार गर्दिनँ र अरुलाई पनि गर्न दिन्नँ ।
दूराचारी र दूराचार, भ्रष्ट र भ्रष्टचारका सन्दर्भमा मुखमा पानी हालेर बोल्ने मेरो बानी छैन । जो जतिसुकै उच्च ओहोदावाल होस् या कथित पहुँचवाला, तिनको मुख हेरेर सजाय तोकिन्नँ । कारबाही गर्नेनगर्ने फैसला लिइन्नँ ।

हामी यो पुस्ता तपाईंका यो अभिब्यक्ती र ब्यबहार मा ‘ट्रान्स्लेट’ भएका ती शब्द ले तपाईं प्रती कृतज्ञ छौ ।

ईट्टा भट्टामा जलाउनेहरु जेलमा सडेका पिडामा केहि तप्का तिलमिलाएको देखिन्छ ।
दर्जनौ पटक मन्त्री बनेका बिजय गच्छदारहरुको समर्थनमा कालो चस्माले छेकिएको समूहले
सुशासन प्रती तपाईंले चालेका कदम वाट आफू र आफ्ना संरक्षक कानुनको पञ्जामा आउने डरले रन्थनिएका छन् ।

तत्कालिन सञ्चार मन्त्री गोकुल बास्कोटालाई आरोप लाग्दा पदबाट हटाएको देखेपछी समाजमा केहि ‘खाईपल्केका बुज्रुक’हरु निद्रा हराएकोछ ।

एरियान हफिङ्टन को ‘स्लिप थेरापी’ भन्ने पुस्तकले हरेक बयस्कले दैनिक ७ घण्टा ‘फुल स्लिप’ माग्द छ । अन्यथा मानिस ‘हाईपर’ हुने, बड्बडाउने गर्छ ।

जुन नेपाली समाजमा देखिएका हुटहुटिले सो कुरा पुष्टी गरी रहेका छन् ।

केहिको निद्रा खलबलिएको छ । केहि निद्राबाट ब्यूझिएका छन् । कारण दुराचारी भ्रष्टाचारी अब कोही बाँकी रहन्नन् ।

ती सत्कार्य रोक्न केहि गरी न सकिने भएकोले अब प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्न थालिएको छ ।

बिना मादल राग र तालमा मजुरा बज्न थालेको देखिएको छ । २ दशक बढी सत्ता र शक्तीको चास्निमा डुबेर बसेकाहरुका ओठमा अब झिंगा भन्किने देखिएपछी बालुवामा माछा झै छटपटिन थालेर प्रधानमन्त्री नै फेर्ने दुस्वप्न देख्न थालिएको छ ।

मुलुकलाई विकाससँगै सुशासन दिने ब्यक्तीले न हड्बडाई मुलुकमा धमिराहरु मास्ने काम रोक्नै हुँदैन ।आम जनाताको साथ छदै छ । भ्यागुतो कराएर वर्षा बरु हुन सक्छ तर भ्रष्टाचारी बाट दानापानी खाएर पालिएकाहरुले आफ्ना संरक्षक जोगाउन राजिनामा माग्ने कुरा कुनै ‘दन्त्य कथा’ हुन सक्छ । तपाईं आफ्नो निर्णय र दर्बिला कदम चाल्दै जानोस । नेपाली जनता तपाईंको काम र कदमको सधै पक्षामा छन् ।

जको तपाईको यो बिषेश दिनमा हामी यूवा तपाईको तर्फबाट तपाईको दिर्घायूको कामना मात्रै गर्दै छैनौ

बरु मुलुकलाई सुशान दिलाउन, भ्रष्ट्राचारी र दुराचारीको तेजोबध गर्दै विश्व मानचित्रमा नेपालको नाम ‘गुड गबर्नेन्स’को अग्रणी बनाउन राजीनामा होईन् दर्बिला पाईला चलाउदै जानोस, दूराचारी र भ्रष्ट्राचारीका बुरुद्ध स्फटिक बन्नोस, हामी साथमा छौ ।

धेरै शुभकामना र बलियो साथ छ ।

प्रतिक्रिया दिनुहोस्