तनहुँमा दुई बस एकआपसमा ठोक्किँदा ४० घाइते, एकको अवस्था गम्भीर



तनहुँ : दमौलीबाट मुग्लिङ्गतर्फ आउँदै गरेको ना ७ ख २०६ नम्बरको बस र डुम्रेबाट दमौली जाँदै गरेको ना ५ ख २८५६ नम्बरको बस एकआपसमा ठोक्किँदा ४० जना घाइते भएका छन् ।

आज (आइतबार) बिहान तनहुँको पृथ्वी राजमार्ग अन्तर्गत व्यास नगरपालिका– १२ कमलबारी नजिकै ना ५ ख २८५६ नम्बरको बसले ओभरटेक गर्ने क्रममा उक्त दुर्घटना भएको हो ।

तनहुँका प्रहरीका अनुसार दुर्घटनामा परी घाइते भएकाहरुको दमौलीस्थित रत्नहरि अस्पताल, एपोलो अस्पताल र पोखरा अस्पतालमा उपचार भइरहेको छ ।

तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले घाइतेमध्ये ना ५ ख २८५६ नम्बरको बसका चालकको अवस्था गम्भीर रहेका र उनलाई थप उपचारका लागि पोखरा पठाइएको बताए ।

प्रतिक्रिया दिनुहोस्