सुन इतिहासमै महंगो, आज तोलामा ७८ हजार ८ सय कायम



काठमाडौं : गत शुक्रबारको तुलनामा आज (आइतबार) सुन तोलामा ७ सय रुपैयाँले वृद्धि भएको छ । योसँगै सुनको मूल्य इतिहासमै महंगो भएको हो ।

गत शुक्रबार ७८ हजार १ सयमा कारोबार भएको सुन आइतकार ७ सयले बढेर ७८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी तेजाबी सुन तोलाको ७८ हजार ५ सय रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

त्यसैगरी चाँदीको मूल्य प्रतितोला ९ सय २० रुपैयाँ कायम गरिएको छ । पछिल्लो समय सुनको मूल्यले एकपछि अर्को गर्दै नयाँ कीर्तिमान बनाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्