बस दुर्घटनामा २४ यात्रु घाइते



तुलसीपुर : दाङको तुलसीपुर–१२ मा बस दुर्घटना हुँदा२४ जना यात्रु घाइते भएका छन् । 

 

तुलसीपुरबाट दमार गाउँतर्फ जाँदै गरेको रा१ख ४९४ नम्बरको बस शनिबार दिउँसो दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।  

 

दुर्घटनामा परी गम्भीर घाइते तुलसीपुर–६ का आशा विक र तुलसीपुर–११ कि गीता मल्ललाई थप उपचारका लागि नेपालगञ्ज पठाएको छ । अन्य घाइतेको भने अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । बसमा २४ जना सवार थिए ।

प्रतिक्रिया दिनुहोस्