गोवामा भारतीय नौसेनाको विमान दुर्घटना



एजेन्सी : भारतीय नौसेनाको मिग विमान दुर्घटना भएको छ । आइतबार नियमित तालिमको दौरान मिग–द्दढप विमान दुर्घटना भएको हो ।

आइतबार बिहान १० बजेर ३० मिनेट जाँदा गोवाको सुमन्द्री किनारमा तालिमको क्रममा दुुर्घटना भएको हो । दुर्घटनामा पाइलटसहित सबै यात्रु सुरक्षित रहेको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

यसअघि पनि सन् २०१९ मा गोवाको गाउँमा मिग–द्दढप विमान दुर्घटना भएको थियो । उक्त समय दुर्घटना भएको तीन महिनापछि मात्रै घटनाबारे तथ्य बाहिर आएको थियो ।

प्रतिक्रिया दिनुहोस्