पशुपतिमा नागाबाबाहरु आक्रोशित, प्रहरीले मागे माफि



काठमाडौं : पशुपति क्षेत्र विकास कोषको व्यवस्थापनलाई लिएर नागाबाबाहरु आक्रोशित भएका छन् ।

आज (आइतबार) महाशिवरात्रिमा पशुपति आएका साधुसन्त र नागाबाबाहरुलाई बिदाई गर्ने क्रममा कोषको व्यवस्थापनलाई लिएर केही नागाबाबाहरुले आक्रोश व्यक्त गरेका हुन् ।

महाशिवरात्रिको अवसरमा नेपाल तथा भारतका विभिन्न स्थानबाट पशुपतिनाथ आएका साधु सन्तहरुलाई बिदा गर्ने क्रममा छ । उनीहरुलाई दान दक्षिणा दिएर आइतबारबाट बिदा गरिँदैछ । तर, त्यही क्रममा लाइनमा बसेका नागाबाबाले आफूलाई प्रहरीले दुर्व्यवहार गरेको भन्दै आक्रोश पोखेका हुन् ।

आइतबार कोषले नागाबाबाका साथै अन्य साधुसन्तलाई दान दक्षिणा दिएर बिदा गर्दै थियो ।

एक जना नागाबाबा कोषले उपलब्ध गराएको चिट च्यातेर गालीगलौज गर्दै रिसाएर हिँडेका थिए । त्यसपछि सुरक्षामा खटिएका प्रहरीले उनीसँग माफी समेत माग्नु परेको थियो ।

प्रतिक्रिया दिनुहोस्