दिवाकर भुसाल भलिबलको उपाधि आर्मीलाई



काठमाडैं : दिवाकर भुसाल स्मृति राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।

चितवनको माडीमा आज भएको फाइनल खेलमा एपीएफलाई ३–० को सोझो सेटमा पराजित गर्दै आर्मीले उपाधि जितेको हो। आर्मीले एपीएफलाई २५–१५, २५–२० र २५–२२ को सेटमा जित निकाल्यो ।

Image may contain: 1 person, standing and outdoor

उपाधिसँगै आर्मीले २ लाख प्राप्त गरेको छ भने एपीएफले १ लाखमा चित्त बुझाएको छ ।प्रतियोगितामा नेपाल पुलिस क्लब तेस्रो भयो । तेस्रो भएको पुलिसले ५० हजार प्राप्त गर्दा गण्डकीले २५ हजार प्राप्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्