विज्ञापनबाट कति पारिश्रमिक लिन्छन् बलिउड अभिनेत्री ?



काठमाडौं : पछिल्लो समय विज्ञापनमा अभिनय गरेर महंगा पारिश्रमिक लिने धेरै कलाकार छन्। बलिउडमा मात्र नभएर हलिउड, कलिउडमा पनि यस्तो परम्परा बढेको छ। कतिपय स्टारले त फिल्ममा भन्दा बढि विज्ञापनबाट पैसा लिनेगरेका छन्।

चर्चित अभिनेत्रीले मात्र हैन, अभिनेता, मोडल, सोसल साइडमा राम्रो फलोअर्स हुने जो कोहिले विज्ञापनबाट पैसा कमाइ रहेका हुन्छन्। उनीहरुले कुनै ब्रान्डको टेलिभिजन, पेपर, अनलाइनका लागि विज्ञापन गरेबापत धेरै पारिश्रमिक पाउने गरेका छन्। आज हामी बलिउड अभिनेत्रीको बारे कुरा गर्छौ, जसले विज्ञापनमा महागो पारिश्रमिक लिने गरेका छन्।

क्याट्रिना कैफ


अभिनेत्री क्याट्रिना कैफले फिल्म अभिनयबाट भन्दा विज्ञापनबाट धेरै पैसा लिने गरेकी छिन्। उनले एउटा विज्ञापनमा अभिनय गरेबापत कम्तीमा एक करोड भारु लिने गरेकी छिन्। उनले एक दिनको एक करोड भारु लिने गरेको भारतीय सञ्चारमाध्यमको दाबी छ ।

दीपिका पादुकोण

Image result for deepika padukone advertisement

फिल्मभन्दा विज्ञापनमा अभिनय गरेबापत महँगो पारिश्रमिक लिने अर्को अभिनेत्री हुन्, दीपिका पादुकोण । उनले एउटा ब्रान्डको विज्ञापनमा अभिनय गरेबापत कम्तीमा आठ करोड भारु निले गरेकी छिन्। केहि समय अघि उनले एउटा ब्रान्डको विज्ञापनका लागि तीन दिनको आठ करोड भारु पारिश्रमिक लिएकी थिइन।

प्रियंका चोपडा


पछिल्लो समय प्रियंका चोपडाको पारिश्रमिक पनि महँगिँदै गएको छ । उनको फिल्ममा मात्र हैन, विज्ञापन अभिनयमा पनि पारिश्रमिक बढेको छ।
उनी एक दिनको एक करोड भारु लिने गर्छिन् । अफर आएका जति विज्ञापन भने आफूले गर्न नभ्याएको दाबी उनको छ ।

सोनम कपुर


अभिनेत्री सोनम कपुरको विज्ञापनमा राम्रै माग हुने गरेको छ । उनी एउटा विज्ञापनमा अभिनय गरेबापत प्रतिदिन ७५ लाखदेखि एक करोड भारुसम्म पारिश्रमिक लिने गर्छिन् ।

करिना कपुर

Image result for kareena kapoor advertisement

फिल्मभन्दा विज्ञापन अभिनयमा करिना कपुर अलि बढी लचिली छिन् । एउटा फिल्ममा अभिनय गरेको चार करोड भारुसम्म पारिश्रमिक लिने गरेकी उनले विज्ञापनमा अभिनय गरेको एक दिनमा ५० देखि ६० लाख भारु लिने गरेकी छिन् ।

अनुष्का शर्मा

Image result for anushka sharma ad


अभिनेत्री अनुष्का शर्मा पनि महँगी हिरोइनमा पर्छिन् । पछिल्लो समय उनले कुनै पनि ब्रान्डको विज्ञापनमा अभिनय गरेबापत प्रतिदिन ५० देखि ६० लाख भारु लिने गरेकी छिन् । कतिपय कामचाहिँ आपसी सम्झौतामा हुने भएकाले सोहीअनुसार उनले ‘चार्ज’ गर्ने गरेकी छिन् ।

श्रद्धा कपुर


श्रद्धा कपुर पनि महँगो पारिश्रमिक लिने अभिनेत्रीमा पर्छिन् । उनलाई फिल्ममा रुचाइने हुनाले पछिल्लो समय उनको डिमान्ड बढ्दो छ । श्रद्धाले एक दिनको ६० लाख भारु तोकेकी छिन् । जति दिन बढ्दै जान्छ, सोहीअनुपातमा उनले पारिश्रमिक लिने गर्छिन् ।

प्रतिक्रिया दिनुहोस्