महिला विश्वकप : साउथ अफ्रिकाको विजयी सुरुवात



काठमाडौं : आईसीसी महिला टी–ट्वान्टी विश्वकप क्रिकेटमा साउथ अफ्रिकाले विजयी सुरुवात गरेको छ।

अस्ट्रेलियाको पर्थ रगंशालामा आज भएको खेलमा इंगल्याण्डलाई ६ विकेटले पराजित गर्दै साउथ अफ्रिकाले विजयी सुरुवात गरेको हो। पहिला ब्याटिङ गरेको इंगल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १२३ रन बनाएको थियो ।

इंगल्याण्डले दिएको १२३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको साउथ अफ्रिकाले १९ ओभर ४ बलमा ४ विकेटको क्षेतीमा भेटायो।

प्रतिक्रिया दिनुहोस्