‘लभ आजकल’ फ्लप भएपछि साराले दिइन् यस्तो प्रतिक्रिया



एजेन्सी : बलिउड अभिनेत्री सारा अली खान र कार्तिक आर्यन अभिनित फिल्म ‘लभ आजकल’ले बक्स अफिसमा राम्रो प्रर्दशन गर्न सकेन ।

दर्शक दुई कलाकारलाई अनस्क्रीन हेर्न प्रतिक्षामा थिए । यो फिल्म प्रर्दशनीमा आयो तर दर्शकलाई प्रभावित पार्न असफल भयो ।

यो फिल्म १२ करोडमा ओपनिङ्ग गरेर कार्तिकको सबैभन्दा ठूलो ओपनर फिल्म बन्यो । तर दुई तीन दिन बित्न नपाउदै फिल्मको व्यापार खस्कियो । यो फिल्म असफल भएपछि साराले प्रतिक्रिया दिएकी छन् । उनले भनिन्, ‘म एक एक्ट्रेस भएको हिसाबले मेरो काम रिलिज भन्दा पहिला हुन्छ ।

हाम्रो काम निर्देशकको कुरा सुनेर मन लगाएर क्यामेराको अगाडी काम गर्ने हो । मैले पनि त्यस्तै गरे । यसपछि फिल्म दर्शक र मिडियाको हातमा हुन्छ, हामी यसलाई माया गरिदिनु हुन्छ भन्ने आश गर्छौ ।’

हाल सारा आगामी फिल्म ‘कुली नम्बर !’को छायांकनमा व्यस्त छिन् । डेविड धवनले निर्देशन गर्न लागेको फिल्ममा सारा र वरुण धवनको मुख्य भुमिका छ । यो फिल्म मे १ मा रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्