किन रोइन् नेहा ?भाइरल बन्यो भिडियो



एजेन्सी : नेहा कक्कड इण्डियन आइडल सीजन ११ को जजको रुपमा काम गरिरहेकी छिन्।

यस सिजनको फिनाले फेब्रुअरी २३ अर्थात आज हुँदैछ। फिनालेभन्दा अघि नेहा कक्कडको एक भिडियो भाइरल बनेको छ।

यस भिडियोमा नेहा कक्कड रोइरहेको देख्न सकिन्छ। यो भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। यो भिडियो सोनी च्यानलको आधिकारीक इंस्टाग्रामबाट शेयर गरिएको छ।

यस भिडियोमा शो का केही झलक देखाइएका छन्। भिडियोमा आइडलका ५ फाइनलिस्टले एक एक गर्दै तीनै जजको तारिफ गरिरहेका छन्।

यसै क्रममा एक कन्टेस्टेन्टले गीत गाउँछन्, जसको ब्याकग्राउण्डमा नेहा कक्कडको तस्वीर देखाइएको छ। नेहा कक्कडल उक्त गीत सुनेर भावुक हुन्छिन् र आँखाबाट आँसु बगाउछिन्। रहे तेरे दिन में मगर बोलको गीत सुनेर नेहामात्रै हैन हिमेश रेशमिया पनि भावुक हुने गर्दछ।

प्रतिक्रिया दिनुहोस्