विश्वका धनी मुलुकको क्लबमा नेपाल पहिलो पटक प्रवेश



काठमाडाै‌ं: संसारका धनी मुलुकको क्लब मानिने विश्व आर्थिक मञ्चको बैठकमा नेपालले पहिलोपटक प्रवेश पाएको छ। स्वीट्जरल्याण्डको डावसमा सोमबारदेखि हुन लागेको विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली आइतबार (आज) त्यसतर्फ प्रस्थान गर्न लागेका छन्।

विश्वका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख, ठूला कम्पनीका कार्यकारी प्रमुख, आर्थिक तथा कुटनीतिक क्षेत्रका तीन हजार बढी सहभागी हुने मञ्चमा नेपालको यो पहिलो औपचारिक सहभागिता हो।

लामो राजनीतिक अस्थिरतापछि विकास र समृद्धिको बाटोमा पाइला चाल्दै गरेको नेपालका लागि यो स्वर्णीम अवसर भएको पूर्व अर्थसचिव डा.शान्तराज सुवेदीले बताएका कारोबारमा खवर छ । 

प्रतिक्रिया दिनुहोस्