राजपाद्वारा सिडिओ मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण



वर्तमान सरकारलाई समर्थन गरेको राष्टिय जनता पार्टी नेपालले आज प्रमुख जिल्ला अधिकारीहरु मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । आफुहरुको माग पुरा नभएको भन्दै पछिल्लो समयमा राजपाले सार्वजनिक रुपमै सरकारको आलोचना गर्दै आएको छ । उनले संविधान संशोधन र रेशम चौधरीलाई रिहा गरेर सपथ गराउन माग गर्दे आएको छ ।

राजपाको अध्यक्ष मण्डल बैठकले प्रधानमन्त्रीलाई नै भेटेर अल्टीमेटन सहितको ध्यानाकर्षण गराउने निर्णय गरे पनि प्रधानमन्त्रीवाट समय नपाएका कारण राजपाका जिल्ला कार्यसमितीहरुले सोमवार प्रमुख जिल्ला अधिकारी मार्फत ध्यानाकर्षण गराएका हुन ।

राजपाले आफुहरुले गएको ३ साउनमा बुझाएको ज्ञापन पत्र अनुसार काम नभए सरकार दिएको समर्थन फिर्ता लिदै आन्द्योलनमा जाने चेतावनी दिएका छन ।

 

प्रतिक्रिया दिनुहोस्