चिटिक्क घरमा बस्न पाएर दङ्ग छन् सन्थाल समुदाय


सुरुङ्गा : ह्याविट्याड फर ह्युमानेटी नेपालको आर्थिक सहयोगमा सहारा नेपालले झापा गाउँपालिकाका ४० विपन्न समुदायका लागि घर निर्माण गरिदिएको छ ।

गाउँपालिकाका अध्यक्ष जयनारायण साहले गाउँपालिकासँगको साझेदारीमा घर निर्माण गरी हस्तान्तरण गरिएकोे जानकारी दिए । झापा गाउँपालिका–१ लसुनाका सन्थाल समुदायका लागि प्रतिघर रु दुई लाख २० हजार खर्च गर्दै घर निर्माण गरिएको सहाराका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले जानकारी दिए । ह्याविट्याड फर ह्युमानेटी नेपालको ७५ हजारसहित झापा गाउँपालिकाको ७५ हजार र घर धनीको जनश्रमदान तथा सहाराको प्राविधिक टोलीले घर निर्माण गरेको उनले जानकारी दिए ।

विपन्न समुदायले नयाँ घरमा बस्न पाएसँगै खुशी व्यक्त गरेका छन् । वर्षौंदेखि फुसको छानो र बाँसको टाटीमा माटोले लिपेर बस्न हुने मात्रको घरमा बस्दै आएका लसुनावासीका लागि सहकारीको अगुवाइमा भुई ढलान, पिल्लर, उपचार गरेर बलियो बनाएको बाँस र जस्तापात प्रयोग गर्दै घर निर्माण गरिएको छ ।

सो गाउँपालिकाले सहारासँगको सहकार्यमा अहिले थप १०० घर निर्माण शुरु भएको जनाएको छ । गत वर्ष पनि ९० वटा घर निर्माण भएको अध्यक्ष साहाले जानकारी दिए । योसँगै सहारा नेपालले झापा र मोरङ जिल्लाका विभिन्न स्थानीय तहमा ६०० वटा घर निर्माण गर्ने काम भइरहेको कार्यकारी निर्देशक गिरीले बताए । आगामी वर्ष एक हजार २०० घर निर्माण गरेर समुदायलाई हस्तान्तरण गर्ने सहकारीको लक्ष्य रहेको जनाइएको छ ।

साँघुरो, होचो, फुसको छानो अनि बाँसको बेरा भएको घरबाट अहिले झापाका विपन्न समुदायका नागरिक चिटिक्क टिनको छानो भएको तर सिमेन्टको खम्बा ठड्याएको तीन कोठा घरमा बस्न पाउँदा दङ्ग छन् । (रासस)

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : कुवेतमा थप एक नेपाली कोरोनाभाइरस (कोभिड–१९)बाट संक्रमित भएका छन् । कुवेतको स्वास्थ्य मन्त्रालयले

जनकपुरधाम : प्रदेश २ मा बुधबार दिउँसोसम्म १ सय ४० जना कोरोना भाइरसका शंकास्पद व्यक्तिहरुको

काठमाडौंः नेपालमा कोरोनाभाइरस फेला परेको तेस्रो व्यक्तिसँगै गत चैत ४ गते दुबईबाट एयर अरेबिया एयरलाइन्सको

काठमाडौं : नेपाल पत्रकार महासङ्घले खोटाङ शाखाका सचिव उत्तम चौलागाईलाई प्रकाशित समाचारका विषयलाई लिएर नेपाली

बुटवाल : चैत १६ गते बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएका बाबुराम थापको शव

काठमाडौं : नेपालमा अहिलेसम्म २ हजार ३ सय ६६ जनाको कोरोना भाइरसको परीक्षण गरिएको छ।

विराटनगर : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरस संक्रमणका शंकास्पद बिरामीको स्वाब नमुना

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले जगदम्बाका सुलभ अग्रवाललाई सात दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान

काठमाडौं : विश्वभर कोरोना भाइरसका कारण अहिलेसम्म ८२ हजार १४८ जनाको ज्यान गईसकेको छ। यो

काठमाडौं : कोरोना भाइरसका कारण लोक सेवा आयोगले वैशाख‌ १ देखि ‌सञ्चालन हुने‌ परीक्षा अनिश्चिकालका

काठमाडौं : दिवङ्गत पितृको सद्गतिको कामना गर्दै बौद्ध चैत्यमा दीप प्रज्वलन गर्ने तामाङ समुदायको पर्व

बाजुरा : अछाम जिल्लाको मेल्लेख गाउँपालिका र बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका जोड्ने बुढिगंगा नदीको पुल