भारतमा अमेरिकी राष्ट्रपति ट्रम्प, मोदीले गरे स्वागत



काठमाडौं : आज (सोमबार) अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने भारत भ्रमणका लागि नयाँदिल्लीको अहमदावाद आएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पलाई अहमदावाद विमानस्थलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका छन् ।

ट्रम्पले अहमदावादमा आयोजित ‘नमस्ते ट्रम्प’ समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । सो समारोहमा लाखौं भारतीय नागरिक सहभागी हुने बताइएको छ ।

दुई दशकयताका सबै अमेरिकी राष्ट्रपतिले भारत भ्रमण गरेका छन् । आज भारत आउन लागेका ट्रम्प सातौं अमेरिकी राष्ट्रपति हुन् ।

भारतमा रहँदा राष्ट्रपति ट्रम्पले भारतको ताज महलको पनि भ्रमण गरेर सूर्यास्तको अबलोकन गर्ने कार्यक्रम समेत रहेको अधिकारीहरुले जानकारी दिएका छन् । तर पूर्व अपेक्षित व्यापार सम्झौता भने उनको भ्रमणका क्रममा नहुने बताइएको छ ।

राष्ट्रपति ट्रम्पको भ्रमणले दुई पक्षीय सम्बन्ध विशेष गरेर व्यापारको क्षेत्रमा सुधार हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्