महेन्द्रराय यादव बने राजपाको संयोजक



काठमाडौं : महेन्द्र राय यादव राष्ट्रिय जनता पार्टीको संयोजक बनेका छन्।  अध्यक्ष मण्डलका सदस्य यादवलाई आइतबारबाट लागू हुनेगरी संयोजकको जिम्मेवारी दिइएको हो। शनिबार बसेको अध्यक्ष मण्डलको बैठकले यादवलाई संयोजकको जिम्मेवारी दिएको हो। चक्रिय प्रणाली अनुसार यादवले जिम्मेवारी पाएका हुन्। यसअघि राजेन्द्र महतो अध्यक्ष मण्डलको संयोजक थिए। 

त्यसैगरी राजपा बैठकले मधेस आनदोलनका सहिदको परिवारलाई सहयोग  र सम्ममान गर्न ‘सहिद कल्याण कोष स्थापना’ गर्ने निर्णय गरेको छ। सँगै राजपाले माघ १६ गते केन्द्रीय पर्यवेक्षकको उपस्थितिमा जिल्लाको सदरमुकाममा सदस्यता अभियानको समीक्षा बैठक गर्ने निर्णयसमेत गरेको संयोजक राजेन्द्र महतोले जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस्