पोखरामा प्रधानमन्त्री ओलीलाई कालो झण्डा !



पोखरा : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीलाई पोखरामा कालो झण्डा देखाइएको छ । नेकपा गण्डकी प्रदेशद्वारा आयोजित प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्न उनी पोखरा पुगेका हुन् ।

सो क्रमममा पोखरास्थित जनप्रिय क्याम्पस परिसरमा समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियन र प्रमुख प्रतिपक्ष कांग्रेस निकट नेपाल विद्यार्थी संघका कार्यकर्ताले उनलाई कालोझण्डा देखाउन खोज्दा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नाराबाजी गर्दै प्रधानमन्त्रीलाई कालोझण्डा देखाउने प्रयास गरेपछि प्रहरीले उनीहरुले पक्राउ गरेको हो । प्रक्राउ पर्नेमा ६ जना विद्यार्थी नेता रहेपनि उनीहरुको नाम सार्वजनिक हुन नसकेको प्रहरीले जनाएको छ ।

आज नेकपाको गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम पोखराको सभागृहमा आयोजना हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्