ओलीको मनपरितन्त्र अब नचल्ने



पोखरा : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारको मनपरितन्त्र अब सहन नसकिने बताएका छन्। पोखरामा शनिवार कांग्रेस निकट नेपाल मुस्लिम संघ प्रथम गण्डकी प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै कांग्रेस सभापति देउवाले ओली सरकारको मनपरितन्त्र एक वर्ष सहेको बताए। ओली सरकारको मनपरितन्त्र विरुद्ध कांग्रेस सडकमा ओर्लन बाध्य हुने अवस्था आएको  बताउदै कार्यकर्तालाई तयारी रहन पनि उनले निर्देशन दिए। ओली सरकारले कानून, संविधान नमानेर निरंकुशतातर्फ अघि बढेको पूर्व प्रधानमन्त्री देउवाले सुनाए।

'ओली सरकार न कानुन मान्छ, न संविधान मानेको छ। यसैले पनि सरकारलाई ठिक ठाउँमा ल्याउन सडक आन्दोलनको विकल्प नभएको उनले सुनाए। सडक आन्दोलनका लागि तयार रहन सम्पुर्ण नेपालीलाई पनि आब्हान गर्दछु' कांग्रेस सभापति देउवाले भने।

सरकार धार्मिक अधिकार पनि कुल्चन कोसिस गरेको उनले सुनाए। धार्मिक अधिकारको रुपमा आफु प्रधानमन्त्री हुँदा मुस्लिम समुदायको सबैभन्दा ठुलो पर्व  बक्र इदमा दिएको बिदा पनि ओली सरकारले कटौती गरेको उनले बताए। नेपाली कांग्रेस धर्मप्रति आस्था राख्ने र सबै धर्मलाई उतिकै सम्मान दिने पाटी भएकोले मुस्लिम समुदायलाई नेपाली कांग्रेसमा गोलवद्ध हुन उनले अनुरोध समेत गरे।

कांग्रेस सभापति देउवाले पोखरामै भएको अर्को कार्यक्रममा ओली सरकारले कर्मचारी र प्रहरी प्रशासनमा अनावश्यक हस्तक्षेप गरेको बताएका थिए। नेपाल निजामती कर्मचारी युनियन प्रदेश कार्यसमिति गण्डकीले आयोजना गरेको प्रशिक्षण तथा सम्मान कार्यक्रममा बोल्दै देउवाले हस्तक्षपका विरुद्ध सडक आन्दोलन गरिने बताएका थिए। 

कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई तिहाईको सरकारले राम्रो राम्रो काम गरोस भनेर प्रमुख प्रतिपक्ष कांग्रेस भलादमी भएर बस्दा उल्टै लोकतन्त्र विरुद्ध जानेकाम गरेको बताए। राजनीतिक संरक्षणबाट बुढिगण्डकी सुटुक्क दिएको, वाइडवडी, सुन काण्ड जस्ता ठुला ठुला काण्ड भएको बताउँदै यस्ता काण्डको छानवीन हुनु पर्ने बताए।

नेपालको विकास र समृद्धिकालागि कांग्रेस सुध्रिएर अघि बढ्नु पर्ने उनले बताए। साथीहरु तपाईहरु कन्फ्यजनमा नबस्नोस भन्दै नेता पौडेलले कार्यकतालाई देउवा कांग्रेस नबन्न र पौडेल कांग्रेस पनि नबनी कांग्रेस मात्र बन्न सुझाएका अन्नपुर्णमा खवर छ । 

प्रतिक्रिया दिनुहोस्