बझाङ प्रहरीद्वारा ६,७०० लिटर मदिरा नस्ट, एक प्रहरी घाइते 



बझाङ : हिमाली जिल्ला बझाङमा खाद्यान्न अभावमा ग्रामीण भेगका जनतामा भोकमरी भइरहँदा सदरमुकाम चैनपुरमा भने जिल्ला प्रहरीले खाद्यान्न कुहाएर घरेलु मदिरा बनाएको भन्दै पक्राउ गरेको छ । यस क्रममा प्रहरीले ठूलो परिमाणमा घरेलु मदिरा नष्ट गरेको छ । 

 

मदिरा बरामद गर्ने क्रममा प्रहरी जवान विनोद क्षत्री स्थानीयको ढुंगा प्रहारबाट घाइते भएका छन् । उनको आँखामा चोट लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको जिल्ला अस्पताल बझाङमा उपचार हुन नसकेपछि रेफर गरिएको छ ।  

 

आइतबार वडा प्रहरी बिटका प्रहरी नायब निरीक्षक वीरेन्द्र सिंह कार्कीको नेतृत्वमा खटिएको टोलीले सदरमुकाम जयपृथ्वी नगरपालिका वडा १० भित्रका विभिन्न होटलमा छापा मार्दा अवैध घरेलु मदिराको ठूलो मात्रामा परिणाम भेटिएपछि थप प्रहरी टोली परिचालन गरिएको थियो ।

 

सदरमुकाम चैनपुर र आसपासका क्षेत्रमा छापा मारी प्रहरीले ६७०० लिटर अवैध घरेलु मदिरा जफत गरी आइतबारै राति १० बजे नष्ट गरिएको प्रहरी नायब उपरीक्षक प्रवीण धितालले जानकारी दिए ।  

 

उनले भने, ‘आइतबार दिउँसो ५ बजेदेखि वडा प्रहरी कार्यालय विटबाट प्रहरी नायब निरीक्षक वीरेन्द्रसिं कार्की र जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी नायब निरीक्षक रामसिं बोहरा नेतृत्वको टोलीले बजारका विभिन्न होटलमा छापा मार्दा यो परिणाममा मदिरा भेटिएको र नष्ट गरिएको हो ।’ 

 

पछिल्लो समय प्रहरीले जिल्लामा जुवातास खेल्ने, लागुऔषध कारोबारी र मदिरा नियन्त्रणमा कडाइ गरेको छ । 

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौंः सरकारले असोज ८ र १२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ ।

धरानः धरान उपमहानगरपालिका-२ की कोरोना संक्रमित महिलाको उपचारको क्रममा आज (सोमबार) मृत्यु भएको छ ।

काठमाडौं : १६ वर्ष मुनिका बालिका बलात्कार गरी हत्या गर्ने घटनाविरुद्धका कानुनी प्रावधानमा कडाइ पार्नका

काठमाडौं : यातायता व्यवस्था विभागले असोज २० गतेबाट दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको

काठमाडौं– संघीय संसदमा प्रतिनिधित्व गर्ने महिला सांसदहरुले संविधान संशोधन गरेर १६ वर्ष मुनिका बालिकालाई बलात्कार

काठमाडौंः प्रधानमन्त्री एवंं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिपरिषद

काठमाडौं : संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका महिला सांसदहरुले १६ वर्षभन्दा मुनिका बालिकालाई

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता हुँदैछ

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसममा सामान्यदेखि आंशिक बदली रहने जनाएको

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा राजस्थान रोयल्सले कीर्तिमानी जीत हात पारेको छ ।

काठमाडौं– घरेलु श्रमिकका रुपमा खाडी मुलुकमा जाने कामदारहरुको अवस्था पारदर्शी बनाउँदै पासपोर्ट आफ्नो साथमा राख्ने

काठमाडौं : सरकारले पीसीआर परीक्षण गराउँदै आएका प्रयोगशालालाई कोरोना रिपोर्ट आफैं दिन निर्देशन दिएको छ