जाहन्वीले श्रीदेवीको यादमा भावुक हुँदै यस्तो लेखिन्



एजेन्सी : बलिउड अभिनेत्री श्रीदेवीको २४ फेब्रअरीमा पर्ने पुण्यतिथिमा छोरी जाहन्वीले आमाको यादमा भावुक हुँदै सामाजिक सञ्जालमा तस्बिर शेयर गरेकी छिन् ।

सन् २०१८ मा एक विवाह समारोहमा सहभागी हुन युएई गएकी श्रीदेवीको होटलको बाथटबमा डुबेर मृत्यु भएको थियो ।

उनलाई थुप्रै देशका प्रशंसकले श्रद्धान्जली दिएका थिए ।

जाहन्वीले पुण्यतिथिको दिन आफ्ना बच्चा बेलाको तस्बिर शेयर गरेकी छिन् । तस्बिर शेयर गर्दै लेखेकी छिन्, ‘आमा १ म तिमीलाई हरेक दिन निकै याद गर्छु ।’
श्रीदेवीको अचानक भएको मृत्युले धेरैलाई पीडा दिएको थियो । उनी बलिउडकी नक्षेत्र हुन् । आज पनि धेरैले उनलाई याद गर्छन् ।

प्रतिक्रिया दिनुहोस्