नायिका आँचल शर्माले गरिन् ‘इन्गेजमेन्ट’



काठमाडौं : नेपाल फिल्म क्षेत्रकी चर्चित नायिका आँचल शर्माले ‘इन्गेजमेन्ट’ गरेकी छिन् । उनले चितवन निवासी डा. उदीप श्रेष्ठसँग औंठी साटासाट गरेकी हुन् ।

सोमबार काठमाडौंको चुच्चेपाटीस्थित इम्पेरियल बैंक्वेटमा अपरान्ह उनीहरुले औंठी साटासाट गरेर एकअर्कालाई जीवन साथीका रुपमा अपनाएका हुन् ।

नायिका आँचलकाअनुसार सोमबार उनीहरुको इन्गेजमेन्ट भएको हो । तर, निमन्त्रणा कार्डमा भने शुभविवाहको लागि वरवधुलाई शुभकामना दिन पाहुनालाई आमन्त्रण गरिएको छ ।

आँचल र उदीप केही समयदेखि प्रेममा थिए । दुवैले आफ्नो प्रेम सम्बन्धलाई वैवाहिक सम्बन्धमा परिणत गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्