एमसीसी सम्झौता संशोधन भए नेपालको संविधान र कानुन काम नलाग्ने



काठमाडौं : नेपाल सरकारसँगको अमेरिकी साझेदारी षड्यन्त्रमुलक रणनीति भएको र भारतीय पक्षलाई समेत मतियार बनाएर यथार्थमा कुनै शंका नभएको एमसीसी खारेज अभियानले अरोप लगाएको छ ।

मिलेनियम च्यालेन्ज कर्पोरेशनले नेपाललाई गिजोलेर चीन घेर्ने षड्यन्त्रमूलक रणनीतिमा भारतीय पक्षसमेतलाई मतियार बनाएकोले सम्झौता पास गरिए नेपालका संविधान र कानुनहरु काम नलाग्ने निष्कर्ष निकालेको छ ।

सो कार्यदलले मिलेनियम च्यालेन्ज कर्पोरेशनसँगको सम्झौतालाई संशोधन गरेर संसदबाट पास गर्नुपर्ने भनि दिएको सुझावप्रति आफ्नो आपत्ति रहेको जनाएको छ । अमेरिका सरकारले नै मिलेनियम च्यालेन्ज कर्पोरेशनलाई (ईण्डो प्यासिफिक रणनीति)को अंग भनेपछि त्यसको स्वतन्त्र एजेन्सीसँग वार्ता गरेर सम्झौता गरिने संशोधन विश्वनिय हुन नसक्ने बताएको छ ।

मिलेनियम च्यालेन्ज कर्पोरेशनका पदाधिकारीहरु अमेरिका दूतावास र रजदूतले कुनै पनि संशोधन मान्य नहुने भनि सकेको हुनाले यसलाई पारित गर्ने प्रश्नै नउठ्ने मूल रणनीतिलाई छोडेर संशोधानको कुरा गर्नु देशलाई अर्को कोणबाट अमेरिकी चालमा फसाउनु हो एमसीसी खारेज अभियानले उल्लेख गरेको छ ।

सो कार्यदलले हाम्रो राष्ट्रिय हित र नेपालको भू- रणनीतिमा शक्ति राष्ट्रहरुको जेलिएको रुचिलाई ध्यानमा राखेर मात्र मिलेनियम च्यालेन्ज कर्पोरेशनका बारेमा छलफल गर्न सबै पक्षहरुसँग आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्