‘बी’ डिभिजन लिग : टुसालको विजयी सुरुवात



काठमाडौं : सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा टुसाल युथ क्लबले विजयी सुरुवात गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको खेलमा पुल्चोक स्पोर्ट्स क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै टुसालले विजयी सुरुवात गरेको हो ।

टुसालको जितमा रबी राई र प्रकाश भुजेलले एक एक गोल गरे । जितसँगै टुसालले ३ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्