चितवनमा भीषण असिना पानी



चितवन : चितवनमा भिषण असिना पानी परेको छ । सोमबार दिउँसो तीन बजे एक्कासी मौसम परिवर्तन भएर असिना पानी परेको हो । ्

बिहानदेखि मौसम सफा रहे पनि पानी, हावासहितको असिनाले जनजीवन प्रभावित भएको छ ।

एक्कासी आएको असिना पानीले नियमित काममा रहेका सर्वसाधारणलाई बाधा पुगेको छ ।

असिनाले केरा, तरकारीखेतीमा के कस्तो असर परेको छ भन्ने विस्तृत जानकारी भने प्राप्त भएको छैन ।

प्रतिक्रिया दिनुहोस्