रेखा हिँड्दाहिँड्दै लडेपछि भाइरल बन्यो भिडियो



एजेन्सी : बलिउडकी सुन्दर अभिनेत्री रेखाको मिठो मुस्कान र सारीको प्रशंसा नगर्ने सायदै होलान् ।

पछिल्लो सयम फिल्म क्षेत्रबाट टाढिएकी रेखा सार्वजनिक कार्यक्रमहरुमा भने बाक्लै भेटिने गरेकी छिन् ।

केही दिन अगाडि मात्रै भारत चर्चित फोटोग्राफर डब्बू रतलानीको ग्ल्यामर क्यालेन्डरको लन्चमा पुगेकी रेखाको एउटा भिडियो भाइरल भएको छ ।

बलिउड अभिनेत्री रेखाको सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा रेखा तस्बिर खिचाइरहेकी हुन्छिन् । तस्बिर खिचाउने क्रममा उनी फ्लोरमा झरिन् । फ्लोरमा पुगेपछि उनले कुर्सीमा नबसी भुइँमा बस्न खोज्दाखोज्दै लडिन् ।

सदाबहार सुन्दरी रेखा उक्त कार्यक्रममा सुनौलो रङको बोर्डर भएको सेतो सिल्की सारीमा उपस्थित भएकी थिइन् । उनले सुनौलो रङको झुम्का लगाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्