आफ्नै बुवाका हत्यारासँग १७ वर्षपछि भेट्दा…



काठमाडौं : सन् २००२ को बाली बम विस्फोटमा गरिलका बाबुसहित २ सय २ जना मारिएका थिए । गरिल प्राथमिक विद्यालयमा अध्ययन गरिरहेका बेला बालीमा भएको उक्त बम विस्फोटनमा परेर उनका बुवाको मृत्यु भयो । गरिलका बाबुको १७ वर्ष अघि हत्या भएको थियो ।

इण्डोनेशियामा भएको उक्त आतङ्कवादी आक्रमण गराउने व्यक्ति अहिले आजीवन कारावासमा छन् । घटना भएको ८ वर्षपछि गरिलले ती व्यक्तिसँग भेट्ने मौका पाएका थिए ।

समाचारले जनाएअनुसार यो अन्यन्त ठूलो विध्वंश कार बम विस्फोट भएका कारण हुन पुगेको हो ।

बाबुको हत्यारासँगको भेट्र्दा गरिलले प्रश्न गरे–‘तपाईंले इस्लामको नाममा त्यस्ते कार्य गरेको रे । इस्लाममा कहाँ मान्छे मार्नु भनेको छ ?’

उनले भने–‘मेरा दाजुभाई, दिदी बहिनीमध्ये म सबैभन्दा धेरै मेरा बाबुलाई सम्झन्छु । म जेठा छोरा भएकाले उनले मलाई अति माया गर्नुहुन्थ्यो । हरेक आइतबार उनले फुटबल खेल्न लैजान्थे । उनले त्यो कहिल्यै छुटाउनुहुँदैन थियो ।’

यो भयानक र घातक आक्रमण हो । बालीको केन्द्रमा रहेको कुटा पर्यटक रिसोर्टमा भएको समाचारमा उल्लेख छ ।

गरिलका बाबु बम विस्फोट भएका बखत ट्याक्सी चलाइरहेका थिए । बाबुको शरीर सनाखत गर्नुपर्दा गरिल जम्मा १० वर्षका थिए ।

उनले बीबीसीसँग कुरा गर्दै भने–‘चिन्नै नसकिने थियो । त्यो त्यति नराम्ररी जलेको थियो ।’
‘म यो बुझ्न चाहन्छु कि कसरी कसैले यस्तो काम गर्न सक्छ ?’ उनले भने ।

अलि इमरन बाली बम विस्फोटकर्तासँग कुरा गर्दा उनले भने–‘म असाध्यै आक्रोशित थिए । म तिमीहरु सबै मारियुस् भन्ने चाहन्थेँ । कोही पनि बाँकी नहुनेगरी ।’

अलि इमरन बाली बम विस्फोटकर्ता भन्छन्–‘मैले जे गरेँ त्यसमा मलाई कुनै गर्व छैन । जब बम आक्रमणको योजना बनायौँ । मैले अरुसँग अमेरिकामाथि आक्रमण गर्न या बदला लिन पश्चिमाहरुलाई बालीमा आक्रमण गर्नु न्यायोचित हुन्छ त ?’

गरिलले प्रश्न गरे–अनि जिहादका नाममा मार्नु । इस्लामका अनुसार सही हो त ? ‘हो त्यो ठिक हुन्छ’ भन्ने प्रतिक्रिया पाएँ । ओसामा बिन लादेनका अनुसार त्यो सही थियो ।

‘मेरो साथीहरुसँग स्कूल पुर्याउन आफ्ना बाबु साथ थिए । तर, मेरा दाजुभाई र दिदीबहिनीका लागि त्यसो गरिदिने बाबु रहेनन् ।’ उनले आँखाभरी आँशु पार्दै भने ।

‘मेरो छोराले यो भावनालाई धेरै वर्षसम्म लुकाएर राख्यो । उसले अहिले भर्खर तपाईंलाई भनेका कुरा पनि यस अघि भनेको थिएन । उसको वेदना कति गहिरो थियो भन्ने कुरा मैले महसुस गरिन् । त्यसैले हामी आएका हौं । ता कि उनको मन हलुका हुन सकोस् ।’ गरिलका आमाले भनिन् ।

अलि इमरन बाली भन्छन्–‘मैले गर्न सक्ने कुरा के हो भने मलाई मौका दिइयो भने म माफी माग्नेछु । पीडितहरु, उनका परिवारहरु र प्रभावित सबैजनासँग ।’

उनले भने–‘म माफी चाहन्छु है बाबु । कृपया मलाई माफ गरिदेऊ ।’

गरिलले भने–‘म तिमीलाई माफी दिन्छु ।’

प्रतिक्रिया दिनुहोस्