सुनौलो संगमलाई पराजित गर्दै गोर्खा ब्वाइज क्वाटरफाइनलमा



काठमाडौं : चौंथो सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलमा सुनौलो संगमलाई पराजित गर्दै रुपन्देहीको गोर्खा ब्वाइज क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

कैलाली हसनपुरस्थित धनगढी रंगशालामा आज भएको खेलमा सुनौलो संगमलाई टाइब्रेकरमा ५–३ गोल अन्तरले हराउँदै गोर्खा ब्वाइज क्वाटरफाइनल प्रवेश गरेको हो।

निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो ।

प्रतिक्रिया दिनुहोस्