फेवातालमा डुङ्गा पल्टियो : काठमाडौंका एक जना वेपत्ता, दुईको उद्दार



पोखरा : पोखराको फेवातालमा डुङगा पल्टिँदा एक जना वेपत्ता भएका छन् । सोमबार फेवातालमा डुङ्गा चलाएर घुम्दै गरेका काठमाडौँ महानगरपालिका १२ का २५ वर्षीय सुमित लुईटेल वेपत्ता भएका हुन् ।

सोही ठाउँका रूपेश अधिकारी र सुबिन चालिसेको उद्दार गरिएको प्रहरीले जानकारी दिएको छ ।

पोखरा महानगरपालिका–१८ खपैदी स्थित फेवाताल किनाराबाट उनीहरु ३ जना आफैं डुङगा चलाएर फेवाताललमा सयर गर्ने क्रममा डुङगा पल्टिएको थियो ।

डुङगा पल्टिएको देखेपछि उद्दारका लागि गएका पोखरा–१८ खपौदीका ५० बर्षिय बुद्धि जलार बेहोस भएपछि शसस्त्र प्रहरीले उद्दार गरेको थियो ।

उनको अहिले मेट्रोसिटि अस्पतालमा उपचार भइरहेको छ । हराइरहेका सुमित लुईटेलको नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरीका साथै स्थानीयले खोजी गरिरहेका छन् । तीन जना पोखरा घुम्नका लागि आएका थिए ।

डुङगा चढ्दा लाइफ ज्याकेट नलगाइ नलगाई चढेकोले उनी वेपत्ता भएका प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्