राज्यमन्त्री डिम्पल झाको राजीनामा फिर्ता



जनकपुरधाम : प्रदेश दुईको भौतिक पूर्वाधार राज्यमन्त्री डा. डिम्पल झाको राजीनामा फिर्ता भएको छ । राजिनामा फिर्ता भएपछि राज्यमन्त्री डा. झाले आजैबाट मन्त्रालय सम्हाल्न सुरु गरेकी छिन् ।

प्रदेश सरकारसंग असन्तुष्टि जनाउँदै माघ १४ गते उनले राजीनामा दिएकी थिइन ।

राजपको अध्यक्षमण्डलले राजीनामा फिर्ता गर्न आग्रह गरेपछि उनले राजिनामा फिर्ता लिएको र मन्त्रालयमा पुगेर काम गर्न शुरु गरेको बताइन् । पार्टीले नै उनले भनिन् ‘आफूलाई प्रदेशसभा सदस्य र राज्यमन्त्री बनाएकाले पार्टीको आदेशलाई आफूले अस्वीकार गर्न सक्दिन ।’

राज्यमन्त्री झाको राजीनामापछि प्रदेश दुईमा सरकार परिवर्तन हुने हल्ला समेत चलेको थियो । राजपा अध्यक्ष मण्डलका सदस्यहरु राजेन्द्र महतो, शरदसिंह भण्डारी र राजकिशोर यादवको भारत भ्रमण र राज्यमन्त्रीको राजीनामा फिर्तापछि अहिले सरकार परिवर्तनको सम्भावना समेत न्यून भएको विश्लेषकहरु बताउँछन् । मिडियाले सरकार परिवर्तनको हल्ला चलाएको राज्यमन्त्री झाले वताइन ।

प्रदेश सरकारको कुनै कार्यक्रम हुँदा राजपाको मन्त्रीलाई महत्व नदिएको आरोप समेत मन्त्री झाले राजीनामाको बेला लगाएकी थिइन । त्यो सुधार मुख्यमन्त्रीले गर्नै पर्छ उनको कथन रहेको छ । गठबन्धनको सरकार रहेकाले हामीलाई अलग राखेर गठबन्धन चलाउन सकिदैन उनले वताइन । स्रोतका अनुसार भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले राज्यमन्त्री काम नगर्न दिएपछि राजीनामा एउटा कारण रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्