‘७० करोड अडियो प्रकरणमा बाँस्कोटा एक्लै दोषी छैनन्’



काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ७० करोड अडियो प्रकरणमा पूर्वमन्त्री गोकुल बाँस्कोटा मात्रै दोषी नभएको बताएका छन् ।

सोमबार काठमाडौंको अनामनगरमा आफ्नो सम्पर्क कार्यालयमा पत्रकारहरुसँगको कुराकानीमा पौडेलले उक्त प्रकरणमा उनीभन्दा माथिका मानिसहरुको पनि संलग्नता भएको बताएका हुन् ।

उनले कम्युनिस्ट पार्टी भ्रष्टाचार गरेर पैसा थुपारेर निर्वाचनबाट सत्ता कब्जा गर्नतिर लागेको आरोप लगाएका छन् । उनले सरकारले बहुमतलाई लोकतन्त्रविरुद्ध उपयोग गर्न खोजेको आरोप लगाएका छन् ।

उनले सरकारले बहुमतको आडमा मुलुकलाई कम्युनिष्टीकरण, भ्रष्टीकरण र संविधान तोडमोड गर्नतिर लागेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्