सरकारले समाजवादकाे नारा दिएर खाेक्राे भाषण गर्याे : रवीन्द्र मिश्र



बुटवल : विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले सरकारले समाजवादको नारा देखाएर खोक्रो भाषण गरेकाे बताएका छन् ।

 

सरकारको आलोचना गर्दै उनले यो अवस्थामा जनताले सबैभन्दा दुख र पीडा अनुभूति गरेको बताए । ‘अहिलेको सरकारको कुरा गर्ने क्षमता छ,कल्पना बाँड्ने क्षमता छ ,यो देशलाइ विकास र समृद्धिको दिशामा अघि बढाउने क्षमताशून्य छ ।’ उनले भने,  'पुराना दलहरुको नेतृत्व सबै हिसाबले विफल भएको छ । ‘जब समाजवादको कुनै नीति नै छैन, काठमाडौंमा महलमा बसेर डेढ करोडको गाडि चढेर समाजवाद आउँछ ?’

 

बुटवलमा सोमबार रिपोर्टर्स क्लब प्रदेश ५ ले आयोजना गरेको साक्षात्कारमा बोल्दै मिश्रले सरकारले समाजवादी बाटो नै अवलम्बन गर्न नसक्ने र नगर्ने दाबी गरे ।

 

शिक्षा र स्वास्थ्यमा लगानी गर्नेहरु कम्युनिष्ट र समाजवादी हुनै सक्दैनन् भन्दै उनले समाजवादी भन्ने शब्दलार्इ यति खुकुलो र पुरानो बनाइएकोमा उनले दुख व्यक्त गरे । उनले समाजवादको कुनै चरित्र रै आचरण नै नभएकाहरुले सर्वहाराहरुको संवेदनालार्इ अनुभूत गर्न नसक्नेले पनि समाजवादी भनेको स्मरण गरे ।

 

‘समाजवादी चरित्र के छ उहाँहरुको ? नेताहरुलाइ मात्रै समृद्ध बनाउनेलार्इ नै समाजवाद भनिएको हो ?'  उनले कांग्रेस र कम्युनिष्टलाइ प्रश्न गरे । शिक्षा र स्वास्थ्यलार्इ मूल रुपमा राज्यको दायित्व नमान्नेहरु समाजवादी पनि हुन सक्दैनन भन्ने हाम्रो मान्यता छ', उनले भने ।

 

‘शिक्षा र स्वास्थ्यमा मूलत: राज्यको दायित्वलार्इ स्विकार गर्दछन्, ४०-५० जनालाइ खुसी पार्न शिक्षा र स्वास्थ्यमा लगानी गरेकाहरुले ३ करोड नेपालीको शिक्षा र स्वास्थ्यमा खेलवाड गरिरहेछन् ।' उनले व्यवहारबाट ग्रसितहरुलार्इ कम्युनिष्ट र समाजवादी भन्न नमिल्ने बताए । यस्ताे भ्रममा नपर्न उनले अाग्रह गरे ।

 

’देशव्यापी अभियान चलिरहेको भन्दै उनले तीनमहिने अभियानले पार्टीको संगठन बलियो बन्ने दाबी गरे । अहिले पार्टीको संगठन निर्माणमा एग्रेसिभ ढंगले अघि बढिरहेको उनको धारणा छ । पार्टीलाइ वैकल्पिक शक्तिका रुपमा अगाडि बढाउने उनको भनाइ छ ।

 

संगठन विभाग प्रमुख मुमाराम खनालले अब आफुहरु देशको बलियो शक्तिको रुपमा उदाउने दाबी गरे । कार्यक्रममा पार्टीका प्रदेश ५ संयोजक अनुपमान सैंजुले पार्टीले गरिरहेको गतिविधिबारे जानकारी गराएका थिए । कार्यक्रम रिपोर्टर्स क्लब प्रदेश ५ प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवालीको सञ्चालनमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्