#10YearChallenge किन यति धेरै चर्चा, किन छ जोखिम ?



काठमाडौं :  सामाजिक सञ्जालमा १० वर्ष पुरानो र हालसालै खिचेको तस्बिर राखेर #10YearChallenge चलिरहेको छ । जसमा नेपालीहरु पनि उत्साहपूर्वक सहभागी भएको देखिएको छ । यी तस्बिर हेरेर पछिल्लो १० वर्षमा के परिवर्तन भयो भनेर अन्दाज लगाउन सकिन्छ । कतिपयले यसको खतराको बारेमा पनि औल्याएका छन् । तर, धेरैले भने यसबारे स्पष्ट जानकारी नराखी हल्लैहलाको पछि लागेको देखिएको छ । यो ह्यासट्याग सुरु भएपछि लाखौं सामाजिक सञ्जाल प्रयोगकर्ताले फलो गर्न सुरु गरेका छन् ।

कतिपयले यसको आलोचना पनि गरेका छन् । उनीहरुले यसलाई आत्मभक्ति, उमेरबारे खराब व्यवहार र लैंगिक भेदभावलाई बढावा दिने विषयमा भएको कतिपयको टिप्पणी छ । कतिपयले यसलाई अनुहार चिन्ने प्रविधि परीक्षण र सुधार गर्न ठूला इन्टरनेट कम्पनीहरूले नै यो ‘चुनौती’ चलाएको आशंका पनि गरिएको छ । सूचना प्रविधिका जानकारहरुले यसबाट व्यक्तिगत गोपनियता भंग हुने भन्दै व्यक्तिगत गोपनीयताविरोधी कार्य भएको टिप्पणी पनि गरेका छन् ।

फेसबुकले आधिकारिक रूपमै प्रयोगकर्ताका पुराना तस्बिरहरू आफूसँग रहेको भन्दै त्यस्तो प्रयोग गर्न नखोजेको प्रष्ट पारेको छ । तर, मानिसहरुले यसमा तस्बिमा उमेरको अन्तरमात्रै नदेखेर संसारमा आएको परिवर्तनको तस्बिर पनि राखिरहेका छन् । जर्मनी तथा इङलिस क्लब आर्सनलका स्ट्राइकर मेसुट ओजिलले जलवायु परिवर्तनका कारण भइरहेको परिवर्तनलाई ट्विट गरेका छन् । यसमा उनले सन् २००८ मा रहेको एउटा हिउँको पहाडको तस्बिर र सन् २०१८ को तस्बिर पनि राखेका छन् । जसमा हिउँ पग्लिसकेको छ । उनले लेखेका छन्, ‘हामीले यसमा ध्यान दिन जरुरी छ ।’

यद्यपि यो तस्बिर पूर्ण रुपमा सही नभएको बताइएको छ । हिउँको पहाडको तस्बिर अन्टार्कटीको गेट्स आईस शेल्फको हो । जुन तस्बिर सन् २०१६ मा लिइएको थियो । यद्यपि यो जलवायु परिवर्तनको ठूलो मुद्दा हो र यसलाई ध्यान दिन जरुरी छ । नासाका अनुसार अन्टार्कटीकामा हरेक वर्ष १२७ गीगाटन हिउँ पग्लिरहेको छ भने ग्रीनल्यान्डमा हिउँ पग्लिएर सकिने क्रम २८६ गीगाटन प्रतिवर्ष हो । १९ औं शताब्दीपछि पृथ्वीको औसत तापमान ०.९ डिग्री सेल्सियस बढेको छ र यसको एक तिहाई वृद्धि पछिल्लो एक दशकमा भएको हो ।

यसै समस्यालाई खोतल्दै पर्यावरणको क्षेत्रमा काम गर्ने केही समूहले यस ह्यासट्यागका माध्यमबाट जलवायु परिवर्तनको मुद्दा उठाएको छ । पाकिस्तानका लागि जर्मनीका राजदूत मार्टिन कोबलरले पनि एउटा लेखको तस्बिर ट्विट गरेका छन् । जसमा बलुचिस्तान क्षेत्रमा आएको जलवायु परिवर्तनका बारेमा उल्लेख गरिएको छ । उनले ट्विटमा लेखेका छन्, ‘जलवायु परिवर्तन चिन्ताजनक स्तरमा । पुरै संसारमा यसबाट सबैभन्दा बढी प्रभावित देशमध्ये पाकिस्तान आठौं नम्बरमा छ । बलुचिस्तानमा पानीको कमीले मानव र जनावरको जीवन खतरामा छ । आजदेखि १० वर्षपछि यसमा सुधार हुन सक्छ या यो भन्दा खराब हुनसक्छ । यो हाम्रो आजको कदममा भर पर्छ ।’

प्लास्टिक प्रदुषण

प्लास्टिकबाट हुने प्रदुषणलाई लिएर सन् २०१८ मा मानिसमा ठूलो जागरुकता आयो । वैज्ञानिकका अनुसार समुद्रमा हरृेक वर्ष १० टन प्लास्टिकको फोहोर फालिन्छ । जुन फोहोर सफा गर्न अबको सय वर्ष लाग्न सक्छ । प्लास्टिकबाट सिर्जना हुने समस्याबारे काम गर्ने मानिस र संस्थाले यस चुनौतीका माध्यमबाट प्लास्टिक प्रदुषणको खतरातर्फ ध्यान खिचिरहेका छन् ।

उनीहरुले पछिल्ला केही वर्षमा धेरै परिवर्तन आएको हुनसक्छ । तर जुन प्लास्टिक तपाईले फाल्नुहुन्छ, त्यो वर्षौपछि पनि यही अवस्थामा रहन्छ भन्ने सन्देश दिइरहेका छन् ।डब्लुडब्लुडब्लुएफ फिलिपिन्सले प्लास्टिकका बोतलसहित ट्विट गर्दै लेखेको छ, ‘प्लास्टिकको एक टुक्रा पूर्ण रुपमा सकिन सयौं वर्ष लाग्छ । प्लास्टिक प्रदुषणको समस्याबारे ध्यान दिन जरुरी छ ।’

वैश्विक टकराव

#10YearChallenge का माध्यमबाट वैश्विक टकराब र त्यसबाट भएको भयानक विध्वंशलाई पनि देखाइएको छ । १७ डिसेम्बर २०१० मा ट्युनिसियामा मोहम्मद बुआजीजी नामका एक फेरीवालाले स्थानीय अधिकारीलाई घुस दिन अस्वीकार गरेका थिए र त्यसकै कारण उनको फलफूल र जब्जीको ठेला कब्जा गरिएको थियो । यसबाट दुःखी भएका मोहम्मद बुआजीजीले आफूलाई नै आगो लगाएका थिए ।

यही घटना करिब १० वर्षअघि अरब वसन्तको कारण बनेको थियो । मध्यपूर्व र उत्तरी अफ्रिकामा विरोधको लहर चलेको थियो र यसबाट सिर्जित गृहयुद्धले थुप्रैको ज्यान गयो अनि ठूलो संख्यामा मानिसहरु घरबारबिहीन बन्न पुगे । यसबाट उत्पन्न बर्बादी हेर्नका लागि सिरिया, लिबिया, इराकको त्यसबेला र आजको अवस्थाका तस्बिर पोस्ट गरिएको छ ।

एक सामाजिक सञ्जाल प्रयोगकर्ता मुनिबा मजारीले ट्विट गरेकी छन् । जसमा सिरियाको २००९ र २०१९ को तस्बिर पोस्ट गरिएको छ । यसमा हराभरा सिरिया र आजको उजाडिएको सिरियाको तुलना गरिएको छ । यस्तै नदवा डोसरीले यमनको २००९ र २०१९ को तस्बिर राखेकी राजधानीमा खवर छ । 

प्रतिक्रिया दिनुहोस्