राइनो गोल्डकप : शेर्पा क्लबलाई हराउँदै आर्मी फाइनलमा



काठमाडौं : राइनो गोल्डकप फुटबलमा हिमालयन शेर्पा क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ । नवलपुरमा सोमबार भएको सेमिफाइनलमा शेर्पालाई ५–१ गोल अन्तरले पराजित गर्दै आर्मी फाइनल प्रवेश गरेको हो।

आर्मीको जितमा सुदिल राईले ह्याट्रिक गरे भने सन्तोष तामाङ र राजिब गुरुङले एक एक गोल गरे । शेर्पाका विजय श्रेष्ठले एक गोल फर्काए । अब आर्मीले च्यासल युथ क्लब र नेपाल पुलिस क्लबको विजेतासँग उपाधिका लागि खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्