मुलुक समृद्धिको यात्रामा अघि बढेको छ : मुख्यमन्त्री पोखरेल



बुटवल : प्रदेश नं.५ का मुख्यमन्त्री शंकर पोखरेलले मुलक समृद्धिको यात्रामा अघि बढेको बताएका छन् ।

सरकारले आफ्नो स्थापना दिवसको अवसरमा दाङको बेलझुण्डीमा आयोजना गरेको प्रदेश एक्स्पोको समारोहमा उनले मुलुकलाई समृद्ध बनाउन जनताले पनि साथ दिनुपर्छ भने ।

मुख्यमन्त्री पोखरेलले प्रदेश एक्स्पोले नागरिकलाई स्थानीय, प्रदेश र केन्द्रीय सरकारसँग जोड्न तथा सरकार र नागरिकबीच कडीका रुपमा काम गर्न सफल भएको बताए ।

प्रदेशको पहिचान, संस्कृति र सम्भावनालाई पनि एक्स्पोले झल्काएको उनको भनाइ थियो । उनले स्टलमा प्रदेशभित्र उत्पादन हुने कृषिजन्य वस्तुहरुको बजारीकरणमा देखिएको समस्या समाधान गर्नेतर्फ प्रदेश सरकार तत्पर रहेको बताए ।

गत शनिबारदेखि शुरु भएको प्रदेश एक्स्पोमा प्रदेशका सबै जिल्लाका विशेषता तथा पहिचानसँग जोडिएका सामग्री स्टलमा राखिएका थिए । सो अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम तथा सचेतनामूलक नाटक पनि प्रस्तुत गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्