साकार पन्त र रीमाले ‘कमेडी च्याम्यिन’को सेटमा गरे विवाह



काठमाडौं : नायिका तथा होस्ट रीमा विश्वकर्मा र साकार पन्तको ‘कमेडी च्याम्पियन’को सेटमा विवाह भएको छ ।

उनीहरुको ‘विवाह हिजा आजका कुरा’मा सन्तोष पन्तको श्रीमतीको भुमिका निर्वाह गरेकी रमा थपलियाले गराएकी हुन् । उनले रीमा र साकारलाई एक अर्कालाई माला लगाउन लगाएकी छन् ।

साकार पन्त सन्तोष पन्तको छोरा हुन् । यस शोमा सन्तोष पन्तले निर्णायकको भुमिका निर्वाह गरिरहेका छन् । उक्त शोमा सन्तोष पन्तको रियल श्रीमती पनि उपस्थित थिइन् ।

तर रीमा र साकारको विवाह रिल श्रीमति रमाले गराएकी हुन् । साकार ‘हिजो आजका कुरा’बाट फिल्म निर्देशनमा डेब्यु गर्दैछन् । यो फिल्ममा रीमाको पनि अभिनय छ । फिल्मको प्रमोशनको लागि उनीहरुको विवाह गराइएको हो ।

प्रतिक्रिया दिनुहोस्