पशुबलि रोक्न ‘देशव्यापी अभियान’



काठमाडौँ : बडादशैँका बेला शक्तिपीठमा हुने पशुबलि रोक्न ७७ वटै जिल्लामा अभियान शुरु गरिएको छ ।

 

नवजीवन परोपकार सामाज, मानव कल्याण समाज, बौद्ध निङमा सङ्घ, श्रीकृष्ण प्रणामी युवा परिषद्, अहिंसाप्रेमी शाहाकारी समाजलगायत २८ वटा सामाजिक सङ्घसंस्थाका पहलमा शक्तिपीठ तथा कोतघरमा दशैँका बेलामा हुने बलि रोक्न माग गर्दै अभियान शुरु गरिएको नवजीवन परोपकार सामाजका अध्यक्ष दुर्गानाथ दाहाल बताउँछन् । 

अभियानअन्तर्गत ती सङ्घसंस्थाले एक सातायतादेखि विभिन्न शक्तिपीठ व्यवस्थापन समिति, त्यहाँका पुजारी, ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, कृषि तथा पशुपक्षी विकास मन्त्रालय र प्रमुख राजनीतिक दलका पार्टी कार्यालयमा ज्ञापत्रनपत्र बुझाइएको छ । 

 

हिन्दू मात्र होइन विश्वका सबै धर्मग्रन्थले सबै प्राणीमाथि दया, करुणा, मायाकै लागि प्रेरित गरिरहेको जानमकारी दिँदै उनी भन्छन्, 'बलिप्रथा रोकेर समाजलाई हिंसामुक्त बनाउनुपर्छ ।”

 

ज्ञापनपत्रमा सजीव प्राणी सबैलाई बाँच्ने अधिकार भएकाले धर्मका नाममा निरीह, प्राणीमाथि खुँडा, खुकुरी, तरबारजस्ता हतियार चलाउनु कायरता भएको उल्लेख छ । 

 

दशैँलाई साधनाको पर्व, असत्यमाथि सत्यको विजय, पारस्परिक सद्भाव र सम्मानको पर्वको रुपमा विकास गर्दै लैजानुपर्ने भएकाले पशुबलिको कलङ्कलाई हटाउनुपर्नेमा उक्त अभियानमा सक्रिय नायक निखिल उप्रेती जोड दिन्छन् ।

 

उनी भन्छन्, 'एक्काइसौँ सताब्दीमा आएर पनि ढुङ्गालाई राक्षस र देउताका नाममा छुट्याएर चेतना भएका व्यक्ति पनि हिंसा गर्नमा उत्साहित भएकाले धर्मको नाममा हुने हिंसाजन्य विकृति रोक्नु सबैको कर्तव्य हो ।” 

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौंः सरकारले असोज ८ र १२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ ।

धरानः धरान उपमहानगरपालिका-२ की कोरोना संक्रमित महिलाको उपचारको क्रममा आज (सोमबार) मृत्यु भएको छ ।

काठमाडौं : १६ वर्ष मुनिका बालिका बलात्कार गरी हत्या गर्ने घटनाविरुद्धका कानुनी प्रावधानमा कडाइ पार्नका

काठमाडौं : यातायता व्यवस्था विभागले असोज २० गतेबाट दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको

काठमाडौं– संघीय संसदमा प्रतिनिधित्व गर्ने महिला सांसदहरुले संविधान संशोधन गरेर १६ वर्ष मुनिका बालिकालाई बलात्कार

काठमाडौंः प्रधानमन्त्री एवंं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिपरिषद

काठमाडौं : संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका महिला सांसदहरुले १६ वर्षभन्दा मुनिका बालिकालाई

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता हुँदैछ

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसममा सामान्यदेखि आंशिक बदली रहने जनाएको

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा राजस्थान रोयल्सले कीर्तिमानी जीत हात पारेको छ ।

काठमाडौं– घरेलु श्रमिकका रुपमा खाडी मुलुकमा जाने कामदारहरुको अवस्था पारदर्शी बनाउँदै पासपोर्ट आफ्नो साथमा राख्ने

काठमाडौं : सरकारले पीसीआर परीक्षण गराउँदै आएका प्रयोगशालालाई कोरोना रिपोर्ट आफैं दिन निर्देशन दिएको छ