संसद चलाउन तीन पार्टीकाे सहमति



काठमाडौं : प्रमुुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लामो समयदेखि अवरुद्ध गर्दै आएको संसद अवरुद्धलाई हटाएको छ । हिजो सोमबार नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीबीच भएको त्रिपक्षीय सम्झौता गर्दै उनीहरुले संसद अवरुद्ध नगर्नेगरी सहमति गरेका हुन ।

संसद बैंठक अवरुद्ध हुँदा संसदको नियमित विजनेशमा समेत असर परेको छ । यसअघि फागुन ८ गते बसेको प्रतिनिधिसभाको बैठक कांग्रेसले अवरुद्ध गरेको थियो । संचारमन्त्री गोकुल बाँस्कोटाको अडियोकाण्डका कारण अवरुद्ध पारेको संसद बंठक मन्त्री बाँस्कोटाले राजिनामा दिएपछि अवरुद्ध नगर्ने निर्णय कांग्रेसले गरेको हो ।

त्यसबेला उक्त काण्डको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुपर्ने माग गर्दै संसद बैठक अवरुद्ध पारेका थिए । यस्तै तीन दलबीच सरकारबिरुद्ध मोर्चाबन्दी गरेर अगाडी बढ्ने सहमति पनि भएको छ ।

उक्त छलफलमा कांग्रेसका सचेतक पुष्पा भुषाल, ज्ञानेन्द्र कार्की, अतहर कमाल मुसलमान, समाजवादीबाट संसदीय दलका सचेतक उमाशंकर अरगरिया, राजपाबाट संसदीय दलका नेता महन्थ ठाकुर र लक्ष्मणलाल कर्णलगायतका नेताहरूको सहभागिता रहेको थियो ।

यसरी सरकारबिरुद्ध मोर्चाबन्दी नै गरेर अगाडी बढ्ने भएपछि सरकारलाई दबाब पनि सिर्जना हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्