अवैध पदक दिंदा नेपाली सेना विवादमा



काठमाडौं : नेपाली सेना पटक-पटक विवादमा पर्दै आएको छ । संगठित भ्रष्टाचार मात्र होइन अन्य गतिविधिले समेत सेनामाथि प्रश्न उठ्ने गरेको छ ।

केही वर्षयता सेनाले वितरण गर्न थालेको पदकका कारण समेत पछिल्लो समय प्रश्न उठ्ने गरेको छ । सैनिक दिवसको अवसरमा गत शुक्रबार सेनाले विभिन्न क्षेत्रका व्यक्तिहरुलाई पदक प्रदान गरेको थियो ।

यस्तो पदक कानून विपरीत भएको भन्दै गृह मन्त्रालयमा कुरा उठेको छ । सरकारबाट अनुमति समेत नलिई सेनाले पदक बाढ्न थालेको हो । संगठनलाई सहयोग गर्नेहरुलाई सेनाले प्रशंसा पत्रसम्म बाढ्नु ठिक भएपनि पदक नै दिनु गलत भएको भन्दै गृह मन्त्रालयमा यसबारे प्रश्न उठेको छ ।

देशका लागि महत्वपूर्ण योगदान दिनेहरुलाई सरकारले नै संविधानदिवसको अवसरमा विभिन्न किमिसका विभूषण दिने गर्दछ । त्यसबाहेक राज्यका कुनै पनि अंगले यस्ता विभूषण तथा पदक दिन पाइने कानून छ । तर, सेनाले राज्यमा आफ्नो प्रभाव बढाउन छुट्टै पदक दिन थालेपछि यसको वैधानिकतामाथि गम्भीर प्रश्न उठेको छ ।

प्रतिक्रिया दिनुहोस्