बलिउड स्टार शाहिद कपुरको ३९ औं जन्मदिन, श्रीमती मीराले शुभकामना दिँदै भनिन्– ‘जीवनको प्रेम’



एजेन्सी : नयाँ दिल्ली– बलिउड स्टार शाहिद कपुर मंगलबार आफ्नो ३९ औं जन्मदिन मनाउँदै छन् । उनको फ्यानहरूले सोशल मिडियामा उनलाई जन्मदिनको शुभकामना दिइरहेका छन् ।

Image result for sahid kapoor with wife

यसैबीच शाहिद कपुरको श्रीमती मीरा राजपुतले पनि शाहिदलाई आफ्नो शैलीमा जन्मदिनको शुभकामना दिएकी छन् । मीराले आफ्नो इंस्टाग्राम अकाउन्टको स्टोरीलाईनमा आफ्नो र शाहिदको एक रोमान्टिक तस्वीर श्यर गरेकी छन् ।

Image result for sahid kapoor with wife

तस्वीरको क्यापशनमा मीराले ‘मेरो जिवनको प्रमलाई जन्मदिनको शुभकामना’ भनेर लेखेकी छन् । शाहिद कपूर हाल चन्डीगढ़मा आफ्र्नोे फिल्मको लागि शूटिंग गर्दैछन्। उनको जन्मदिनको योजनाको बारेमा अहिले सम्म कुनै खास जानकारी खुलेको छैन।

Image result for sahid kapoor with wife

शाहिदले उनको जन्मदिन शुटिङ सेटमा नै मनाउने अनुमान गरिएको छ । उनी अहिले कामबाट ब्रेक लिन चाहँदैनन् भन्ने कुरा स्पष्ट रहेको भारतिय सञ्चार माध्यमहरूमा उल्लेख गरिएको छ ।

Image result for sahid kapoor with wife

शाहिद कपूरको पछिल्लो फिल्म ‘कबीर सिंह’ले बक्स अफिसमा अद्भुत व्यापार गरेपछि उनीको माग बदिउडमा बढेको छ । अब फ्यानहरूले उनको आगामी फिल्म जर्सीको लागि ठूलो आशा राखेका छन् । गौतम तिन्नानूरी निर्देशित चलचित्रमा शाहिद कपूर अर्जुनको भूमिकामा देखिनेछन् ।

प्रतिक्रिया दिनुहोस्