कोरोनाको जोखिममा कोरिया, मृत्यु हुनेको संख्या ९ पुग्यो



एजेन्सी : चीनबाट फैलिएको कोरोना भाइसरको त्रार पछिल्लो समय विश्वभर छ । हालसम्म चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ हजार ६ सय ६३ पुगेको छ भने ७७ हजार ६ सय ५८ जना संक्रमित भएको पुष्टि भइसकेको छ ।

दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमणबाट हालसम्म ९ जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्ययमहरूले जनाएका छन् । सीएनएनका अनुसार आनमात्र थप २३० जनामा कोरोनाको नयाँ संक्रमण देखिएको छ । योसँगै दक्षिण कोरियामा ८९३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

चीनपछि अहिले दक्षिण कोरिया, इटली र इरानमा उक्त भाइरसको प्रकोप फैलिएको छ । पछिल्लो जानकारीअनुसार इटलीमा १५२ जनामा संक्रमण भएको पुष्टि भएको छ भने इरानमा ४३ संक्रमित मध्ये आठ जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोनाभाइरसको सम्भावित ‘महामारी’बाट बच्नका लागि थप तयारी गर्नुपर्ने आवश्यकता औँल्याएको छ । डब्लूएचओले कोरोनाभाइरसलाई अहिले नै ‘महामारी’ करार गर्न चाँडो भए पनि विश्वका अन्य देशहरुले यसका लागि तयार रहनुपर्ने बताएको छ ।

कोरोना भइरसको त्रास कुन देशमा कति ? तस्वीरमा हेनुहोस् :-

प्रतिक्रिया दिनुहोस्