दिल्ली हिंसा अपडेट : मृत्यु हुनेको संख्या सात पुग्यो, १ सय भन्दा बढी घाइते



एजेन्सी : नागरिकता कानुन संशोधन (सीएए) को विरोधमा शुरु भएको प्रदर्शनका क्रममा उत्तरपूर्वी दिल्लीमा हिंसात्मक भिडन्तमा मृत्यु हुनेको संख्या ७ पुग्को छ । मृत्यु हुनेमा एक जना प्रहरीका हवल्दार रतनलाल समेत रहेका छन् ।

सो हिंसाका क्रममा १ सय भन्दा बढी घाइते भएका छन् । दिल्लीमा सोमबारदेखि शुरु भएको हिंसाका क्रममा मंगलबार मौजापुर र ब्रम्हपुरी इलाकामा ढुंगामुडा शुरु भएको बीबीसी हिन्दीले जनाएको छ ।

दिल्लीमा हिंसा

मंगलबार बिहानैदेखि ती क्षेत्रको अवस्था तनावपूर्ण रहेको छ । मंगलबार बिहानसम्ममा मौजपुर आसपासका क्षेत्रमा ४५ वटा आगजनीका घटनाहरू सार्वजनिक भएका छन् ।

आगो निभाउन गएका दमकलमा समेत हमला भएको छ भने आगो समेत लगाइएको छ । सो क्रममा तीन जना दमकलकर्मी घाइते भएका बताइएको छ ।

दिल्लीको अवस्था बिग्रदै गएपछि दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरिवालले आपतकालीन बैठक बोलाएका छन् ।

दिल्लीमा हिंसा

सिएए भनिएको नयाँ नागरिकता संशोधन ऐनले मुसलमान बाहुल्य भएका तीनवटा देशबाट भारत आउने गैर–मुस्लिम आप्रवासीहरूलाई उन्मुक्ति प्रदान गर्दछ ।

प्रायःजसो मुस्लिम महिला तथा पुरुषहरूको नेतृत्वमा विरोध प्रदर्शन गरिरहेकाहरू भन्छन् त्यस्तो कानुनले मुस्लिमहरूलाई भेदभाव गर्दछ। तर हिन्दूवादी समूहहरूले ती विरोध प्रदर्शनहरू अनावश्यक भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्