रुसमा पक्राउ परिन् ‘यौन गुरु’, अन्तर्राष्ट्रिय स्क्यान्डल भएको टिप्पणी



रुस: यौन व्यवसायमा कसरी लाग्ने भनेर शिक्षा दिने बेलारुसकी मोडल अनसतासिया वाशूकेबिच पक्राउ परेकी छिन् । उनको परिचय ‘यौन गुरु’ को रुपमा मात्र सिमित भने छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियान तथा रुससँगको उनको साँठगाँठको प्रमाण आफूसँग रहेको दाबी गरेर उनि चर्चामा आएकी थिइन् ।

वाशूकेबिचलाई थाइल्याण्डबाट मस्को जानासाथ बिमानस्थलबाटै पक्राउ गरिएको हो । उनलाई थाइल्याण्डमा यौनजन्य गतिविधिमा संलग्न रहेको भन्ने आरोप लागेको थियो । नात्स्याको वकिलले इन्स्ट्राग्राममा एक भिडियो पोष्ट गरेर उनको गिरफ्तारीबारे जानकारी गराएका हुन् ।

उनले रुसको कारवाहीलाई अन्तर्राष्ट्रिय स्क्यान्डल भएको बताएका छन् । रुसको गृह विभागको तर्फबाट जारी गरिएको वक्तव्यमा उनलाई बेश्याबृत्ती फैलाइएको आरोपमा गिरफतार गरिएको जनाइएको छ । इन्स्ट्राग्राममा उनका करिब सवा लाख फलोअर्स छन् । उनी थाइल्याण्डमा सेक्स र त्यस सम्बन्धी जोडिएका विषयमा कक्षा लिन्थिन् ।

उनी गएको वर्ष ट्रम्पको बारेमा सनसनीपूर्ण दाबी गरेर चर्चामा आएकी थिइन् । 

प्रतिक्रिया दिनुहोस्