इन्गेजमेन्ट गर्दा डराइन् आँचल



काठमाडौं : नायिका आँचल शर्माले इन्गेजमेन्टमा डर लागेको बताएकी छिन् । सोमबार प्रेमी उदिप श्रेष्ठसँग औँठी साटासाट गरेकी नायिका शर्माले आफूलाई इन्गेजमेन्ट गर्दा डर लागेको बताएकी हुन् ।

सोमबार काठमाडौंको चुच्चेपाटीस्थित इम्पेरियल बैंक्वेटमा अपरान्ह उनीहरुले औंठी साटासाट गरेर एकअर्कालाई जीवन साथीका रुपमा अपनाएका हुन् ।

यी दुइको बिहे भने फागुनको २९ गते हुँदैछ । चैतको १ गते यी दुइले चलचित्रकर्मी, आफन्त र साथीभाइका लागि पार्टीको आयोजना गरेका छन् ।

उदिपसँग औठी साटेसँगै नयाँ खालको अनुभव आएको आँचलले भनिन् । उनले भनिन्–‘मलाई त सुरुमा डर पनि लागेको थियो । इन्गेजमेन्टका लागि तयार हुँदै गर्दा आँखाबाट आँशु पनि आयो ।’

आँचल र उदिप करिब डेढ बर्षदेखि प्रेम सम्बन्धमा थिए ।

प्रतिक्रिया दिनुहोस्