बार्सिलोनालाई नापोलीको चुनौती, कसले मार्ला बाजी ?



काठमाडौं : युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटर फाइनलको पहिलो लेगमा आज इटालियन क्लब नेपोली र क्याटलान क्लब बार्सिलोनबीच प्रतिस्पर्धा हुनेछ। खेल नेपोलीको मैदानमा आज राति १ः४५ बजेपछि सुरु हुनेछ ।

यि दुई टोली च्याम्पियन्स लिगमा पहिलोपटक खेल्न लागेका हुन् । त्यसैले एक खेललाई निकै महत्वपूर्ण खेलको रुपमा हेरिएको छ ।

बार्सिलोना पछिल्लो १२ सिजनबाट च्याम्पियन्स लिगको नकआउट चरण खेल्दै आइरहेको छ । नापोली भने पछिल्लो ६ सिजनमा तेस्रो पटक नकआउट चरण खेल्न लागेको हो ।

च्याम्पियन्स लिग अन्तर्गत नै इन्ग्लिश क्लब चेल्सीले घरेलु मैदानमा जर्मन क्लब वायर्न म्युनिखसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्