विदेश भिसा लगाइदिन्छु भन्दै २० लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ



काठमाडौं : मेनपावर कम्पनीको एजेन्ट भएको र छिट्टै भिसा लगाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय इटहरीले विभिन्न व्यक्तिबाट २० लाखभन्दा बढी ठगी गर्ने ४५ वर्षीय लोकेन्द्र कार्कीलाई पक्राउ गरेको हो ।

उनले विभिन्न व्यक्तिहरुलाई विदेश पठाइदिने र रकम जम्मा गरेको कागज पनि नदिइ आफ्नो डायरीमा लेखेको देखाई अनावश्यक प्रलोभन देखाई रकम लिएका थिए ।

साथै, उनी विभिन्न मानिसहरुलाई जग्गा पास गरिदिन्छु भन्दै बैनाको रकम पनि जग्गा पास नै नगरी लिई आफ्नो बैंक खाता नभएको र अर्काको नामको विभिन्न बैंक तथा वित्तिय संस्थाहरुको चेक आफ्नो साथमा राखी चेक काटेर दिने गरेको पनि प्रहरीको थप अनुसन्धानमा खुलेको छ ।

उनलाई पक्राउ गरी ठगी मुद्दामा जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्