बिहान घरबाट निस्किनुअघि अपनाउनुस् यस्तो विधि, बन्नेछ सबै बिग्रिएको काम



एजेन्सी : तान्त्रिक विज्ञानमा विभिन्न प्रयोग विधिहरु हुन्छन् । त्यस्ता तान्त्रिक विधिहरु विभिन्न प्रकारका हुन्छन् । यहाँ थोरै तथ्यहरु उल्लेख गरिएको छ । तन्त्र शास्त्र र उपायहरुबीच सम्बन्ध हुन्छ । जसले गर्दा कतिपय अप्ठ्यारो अवस्थामा यसको प्रयोगले जीवन सरल बनाउन सकिन्छ ।

यदि तपाईंको जीवनमा कुनै पनि प्रकारका कामहरु बनिरहेको छैन र त्यो काम छिट्टै बनोस् भन्ने चाहानुहुन्छ भने विहानै ४ बजे उठ्नुस् । नीलो रङको रेशमी चमकदार धागो घरको अगाडि बाँध्नुस् । र आफ्नो काम बनोस् भनेर कामना गर्नुस् तपाईंको नबनेको काम बन्न सक्छ ।

शनिबार विहानै काममा जानुअघि एउटा कागतीलाई बराबर दुई भागमा काट्नुस् । र घरबाट निस्किँदा जहाँ दोबाटो आउँछ त्यहाँ पुगेपछि पहिलो टुक्रा अगाडि र दोस्रो टुक्रा पछाडि फालेर अगाडि बढ्नुस् । समस्याहरु आफै हराउँन थाल्छन् ।

कुनै पनि कामको लागि आफ्नो घरबाट निस्किँदै हुनुहुन्छ भने पहिले विपरित दिशामा चार कदम चाल्नुस् र आफ्नो कार्यमा लाग्नुस् ।

कुनै पनि काममा जानुअघि दाग नलागेको कागतीलाई गाइको गोबरमा गाड्नुस् र त्यसमाथि थोरै सिन्दुर छर्किनुस् । तपाईंको काम बन्छ ।

घरबाट निस्किनुअघि मुल ढोकामा कालो खुर्सानी राख्नुस् र त्यसमाथि खुट्टा राखेर बाहिर निस्किनुस् । र फर्किएर घरमा नजानुस् । तपाईंको हरेक मनोकामना पूर्ण हुन्छ ।

प्रतिक्रिया दिनुहोस्