उर्वशी रौतेला भन्छिन्, ‘मेरो जन्मदिनमा बिदा हुनुपर्छ’



एजेन्सी : बलिउडकी बोल्ड नायिका उर्वशी रौतेला २६ वर्षकी भएकी छिन् । उनको आफ्नो जन्मदिनको अवसरमा फोटो शेयर गर्दै आफ्नो जन्मदिनमा बिदा हुनुपर्छ भनेर लेखेकी छिन् ।

उनले आफ्नो जन्मदिनमा सुन्दर तस्बिर शेयर गर्दै लेखेकी छिन्, ‘आज सूर्य मात्र मेरो लागि अलि धेरै चम्किएको छ। यस धर्तीकी सबैभन्दा उत्कृष्ट मान्छेलाई जन्मदिनको शुभकामना ! जो म हुँ । जन्मदिनको अवसरमा शुभकामना दिने सबैलाई धन्यवाद ! यसले मलाई तपाईंहरु सबैको प्रिय भएको महसुस भएको छ । मेरो जन्मदिनमा बिदा हुनुपर्छ ।’

अहिलेसम्म उनको यो पोष्टलाई १२ लाख भन्दा बढीले लाइक गरिसकेका छन् ।

उनले सन् २०१३ मा फिल्म ‘सिंह साहब द ग्रेट’ बाट बलिउडमा डेब्यू गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्